ताजा अपडेट
भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज गोदावरीमा हुँदै

‘भ्वाइस अफ नेपाल’को सिजन ५ ले शुक्रबार विजेता प्राप्त गर्दैछ । बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा भव्य फिनालेको आयोजना गरिएको छ ।
चारजना कोचको समूहका चार फाइनलिस्ट उपाधिको लागि भिड्दैछन् । जसमा कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको समूहबाट कुमार प्रयास राईले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।
यीमध्ये बढी भोट प्राप्त गर्ने एकजना विजेता चुनिनेछन् । दर्शकले आजको पर्फमेन्सको अन्तिमसम्म खल्ती एपमार्फत भोट गर्न सक्नेछन् । आजको फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया