Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पुन: पार्टी एकताका लागि उच्चस्तरीय छलफल भइरहेको छ । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचमै गोप्यरूपमा वार्ता भइरहेको छ ।

दोस्रो तहका नेताहरूबीच पटक-पटक भएका छलफलमा नमिलेका विषय समाधान गर्ने जिम्मा दुई अध्यक्षले लिएका छन् । यसैक्रममा दुई अध्यक्षबीच गोप्यरूपमा बारम्बार छलफल भइरहेको स्रोतले जनाएको छ । पछिल्लोपटक भएको छलफलमा प्रचण्डले २०८४ सालपछि दुवै नेता अभिभावकका रूपमा बसेर एकीकृत पार्टीको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बनाउने प्रस्ताव अघि सारेका छन् । यो प्रस्ताव ओलीले भने स्वीकार गरेका छैनन् ।

यसअघि दोस्रो तहका नेताहरूबीच भएको छलफलमा पनि भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकता गर्ने प्रस्ताव आएको थियो । त्योबेला पनि अध्यक्ष ओलीले अश्वीकार गरेका थिए ।

यस्तो प्रस्ताव छलफलमा आउन थालेपछि यसअघि ओली र भण्डारीबीचमै अन्तरविरोध उत्पन्न भएको थियो । आफूलाई सिध्याउन भण्डारीलाई अघि सार्न खोजिएको ओलीको बुझाइ छ । उनले सार्वजनिकरूपमै भण्डारीको आलोचना गरेका थिए ।

फेरि एकपटक प्रचण्डले पार्टी एकताका लागि भण्डारीलाई अध्यक्ष बनाउने र आफूहरू दुवैजना अभिभावकीय भूमिकामा बस्ने प्रस्ताव ओलीसामु राखेका हुन् ।

पार्टी एकता गर्न अहिले दुवै नेताले चासो देखाएका छन् । तर, भावी नेतृत्वका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रचण्डले यसअघि यस्तो छलफल गर्ने जिम्मा नेता वर्षमान पुनलाई दिएका थिए ।

एमालेका तर्फबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा केही युवा नेताको समूह खटिने गरेको थियो । यी नेताहरूबीच पटक-पटक भएका छलफलमा पनि भावि नेतृत्वका विषयमा कुरा मिल्न नसकेपछि दुई अध्यक्षलाई जिम्मा लगाइएको स्रोतको दाबी छ ।

अध्यक्ष ओलीले एकीकृत पार्टीको एक मात्रै अध्यक्ष आफू नै हुनुपर्ने र अध्यक्षमा दाबी नगरे बरु प्रचण्डलाई अहिले पूरै कार्यकाल प्रधानमन्त्री दिन सकिने बताएका छन् । उनले दुई अध्यक्ष राख्ने प्रस्ताव पनि सार्वजनिकरूपमै अश्वीकार गरेका थिए ।एक कार्यक्रममा ओलीले दुई अध्यक्ष बनाएर पार्टी एकता हुन नसक्ने बताएका थिए । विभिन्न प्रस्तावमा छलफल हुने क्रममा फेरि भण्डारीलाई अध्यक्ष बनाउने कसरत अघि बढेको हो ।

प्रचण्डले २०८४ सम्म आफू नै प्रधानमन्त्री रहिरहने र त्यसपछि अध्यक्ष र राजकीय नेतृत्वमा दाबी नगर्ने वचन ओलीलाई दिएका छन् । तर, प्रचण्डले त्यसपछि ओलीले पनि पार्टी अध्यक्ष छाड्नुपर्ने शर्त राखेका छन् ।

यसमा दुवैतर्फका अधिकांश युवा नेता भने सहमत छन् । तर, अध्यक्ष ओली सहजै नेतृत्व छाड्ने मनस्थितिमा नरहेको र यही शर्तका आधारमा एकता हुन नसक्ने उनी निकटका नेता बताउँछन् ।

प्रतिक्रिया