Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन पुन: जडान

विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन पुन: जडान

नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका सबै उद्योगको लाइन जोडेको छ।

गएराति १० बजेसम्म विद्युत काटिएका २३ वटै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्राधिकरणलाई लाइन जोडिदिन निर्देशन समेत दिएको थियो।

प्राधिकरणले पाँच करोड रूपैयाँभन्दा धेरै बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो। त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न थालेपछि लाइन जोडिएका थियो। उद्योगमा लाइन काटिएपछि मजदुर आन्दोलित बनेका थिए।

ट्रङ्क र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ