Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दिनभरिमा आज

दिनभरिमा आज

दिनभर आजमा माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल, त्रिभुवन विमानस्थलमा हालसम्मकै बढी यात्रु, काठमाडौंमा मनाइयो भुवो पर्व, चन्द्रागिरी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्योलगायतचका समाचारले प्रमुख स्थान पाए । 

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा
नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । शनिबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । यसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति समेत गठन गरेको थियो।

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्‍याएको हस्तकला क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताए।

आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका छन् ।शनिबार काठमाडौंको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै अव आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका हुन् ।

त्रिभुवन विमानस्थलमा हालसम्मकै बढी यात्रु
मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् ।

सवारी चालक अनुमतिपत्र छपाइ रोकिदैन :मन्त्री ज्वाला
भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए ।

चन्द्रागिरी दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
चन्द्रागिरी नगरपालिका(४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

काठमाडौंमा मनाइयो भुवो पर्व
बाजुरामा मनाइने कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइएको छ । शनिबार काठमाडौंको भृकुटिमण्डपमा दमाहा बाजाका साथ युवाले हातमा ढाल तरबार समातेर भुवो पर्व मनाएका हुन् ।

सुदूरपश्चिममा नौ जनामा कोरोना सङ्क्रमण
पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो ।

प्रतिक्रिया