Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताएका हुन् ।

सभापति लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सहकारी पीडितहरुको पक्षमा आफू रहेको बताए । उनले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा संचालनको लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताए।

उनले सवाल चितवनका सहकारी पीडितको मात्र नभइ देशैभरका सहकारी पडितहरुको पक्षमा काम गर्न डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिवेदन तयार पारेको जानकारी दिए । करिव २ सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधी उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए । 

प्रतिक्रिया