Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

छैटौं साँफेबगर महोत्सव माघ २६ देखि फागुन ५ गते सम्म हुने, विभिन्न १६ वटा उपसमिती गठन

छैटौं साँफेबगर महोत्सव माघ २६ देखि फागुन ५ गते सम्म हुने, विभिन्न १६ वटा उपसमिती गठन

छैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ बसपार्कमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।

महोत्सवको तयारीस्वरुप महोत्सव आयोजक लायन्स क्लब अफ साँफेबगरले अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा मुल आयोजक समिति रहने गरी विभिन्न १६ वटा उपसमिति गठन गरेको छ । जसमा आर्थिक उपसमितिमा हिमाल कुँवर, प्रचारप्रसार उपसमितिमा धिरज कुँवर, कलाकार समन्वय उपसमितिमा भरत बहादुर खड्का,  अतिथि व्यवस्थापन तथा सत्कार उपसमितिमा हिक्मत कुँवर, आवास तथा होटल उपसमितिमा महेश कुँवर, स्टल व्यवस्थापन उपसमितिमा रेबन्त कुँवर संयोजक चयन भएका छन् ।

त्यसैगरी टेन्ट तथा साउण्ड उपसमितिमा भिम बहादुर कुँवर, बाल उद्यान  उपसमितिमा गोबिन्द कुँवर,  खानेपानि तथा विद्युत्त उपसमितिमा चेतराज कुँवर, यातायात व्यवस्थापन उपसमितिमा हेमराज कुँवर, स्थानिय उत्पादन तथा सांस्कृतिक उपसमितिमा तेज बहादुर कुँवर, छापा तथा लेखन उपसमितिमा डण्डिराज भट्ट, खेलकुद उपसमितिमा अनिल कुँवर, टिकट व्यवस्थापन उपसमिति तथा प्रवक्तामा पृथ्वी कुँवर, सुरक्षा समन्वय तथा स्वयंसेवक व्यवस्थापन उपसमितिमा दिनेश कुँवर र स्वास्थ्य व्यवस्थापन उपसमितिमा राम भण्डारीलाई चयन गरीएको मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले बताए ।

जिल्लाको प्रमुख ब्यापारी केन्द्र साँफेबगरमा छैटौं साँफेबगर महोत्सव हुने भएको छ । आछमको मौलिक संस्कृती, भेषभूषा, रीतिरिवाजको संरक्षण तथा प्रबद्र्धन गर्ने सहित महोत्सवमा संकलित रकमले बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने मुख्य उदेश्यका साथ यही माघ २६ गते बाट फाल्गुन ५ गते सम्म साँफेबगर नगरपालिका वडा नं. ३ बसपार्कमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको छ । महोत्सबमा महोत्सब अवधिभर दैनिक रक्तदान हुने, स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानिय उत्पादनको प्रदर्शनि गरिनुका साथै पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने महोत्सब आयोजक मुल समितिका प्रवक्ता पृथ्वी कुँवरले बताए ।

प्रतिक्रिया