Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउन आन्दोलन गर्छौं - नेबि संघ केन्द्रिय सदस्य कुँवर

बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउन आन्दोलन गर्छौं - नेबि संघ केन्द्रिय सदस्य कुँवर

अछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताएका छन ।

प्रदेश र केन्द्र सरकारले बजेटको व्यवस्था नगरि अस्पतालको सेवा प्रभावित हुँदा पनि वास्ता नगरेकाले आन्दोलन गरेर दबाब दिन आवश्यक रहेको उनले बताएका छन । अछामको साँफेबगर नगरपालिका ३ का केन्द्रीय सदस्य कुवँरले सबै युवाहरुलाई एक ठाउँमा जम्मा गरेर पहिलो चरणमा स्वास्थ्य र अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र त्यति गर्दा पनि वास्ता नगरे सरकारविरुद्ध आन्दोलन गर्ने  बताएका छन।

कुराकानिमा कुवँरले ‘सबै राजनैतिक दलका नेताहरु पटकपटक जिल्लामा जाँदा बयालपाटा अस्पतालमा जाने , भाषण गर्ने गरेपनी कसैले पनि बोलेको बचन पुरा नगरेको बताए । ‘ स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई वेवास्ता गर्दा जनता मारमा परेका र अछामको बयालपाटा अस्पतालको समस्या केन्द्रलाई सुनाउनको लागि आफ्नै नेतृत्वमा युवाहरु जम्मा गर्ने र आन्दोलनको कार्यक्रम छिट्टै घोषणा गर्ने कुवँरले बताए।’

विदेशी दाताको सहयोगमा निःशुल्क सेवा दिइरहेको अस्पातललाई पछिल्लो समय सहयोग पनि आधाभन्दा धेरै घटेको छ । दाताले सहयोग घटाएपछि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहको भरमा सहयोगमा सञ्चालन भइरहेको अस्पतालमा यो वर्ष प्रदेश सरकारबाट बजेट उपलब्ध नहुँदा समस्या भएको हो ।

अस्पताल सञ्चालनका लागि वार्षिक २२ करोड आवश्यक पर्छ । गत वर्ष प्रदेश सरकारले अस्पताललाई ९ करोड रुपैयाँ अन्तिम समयमा आएर उपलब्ध गराएको थियो । चालु आर्थिक वर्ष पनि प्रदेश सरकारले ९ करोड दिने मौखिक जानकारी गराए पनि अहिलेसम्म सम्झौता सम्म भएको छैन । 

१६ वर्ष अगाडि न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पोसिबलको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको यो अस्पतालले निःशुल्क सेवा दिइरहेको छ । केही समय विदेशी दाताबाट सञ्चालन हुँदै आएको अस्पताललाई अहिले दाताबाट आंशिक सहयोग मात्रै हुँदै आएको छ । अस्पताललले स्थापनाकालदेखि आव ०७९/८० सम्म ११ लाख ५२ हजार बिरामीलाई निःशुल्क सेवा दिइसकेको छ । बयालपाटा अस्पतालमा अछाम, बाजुरा र डोटीका लागि विशेषज्ञ सेवा दिने पहिलो अस्पतालको रूपमा छ भने एक वर्षमा एक लाख बढीले अस्पतालबाट सेवा लिँदै आएका छन ।

 

प्रतिक्रिया