Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

आफु निर्वाचित जिल्लाको अस्पतालमा बजेट हाल्न नसकेका मन्त्री साउँद नैतिक संकटमा

आफु  निर्वाचित जिल्लाको अस्पतालमा बजेट हाल्न नसकेका मन्त्री साउँद नैतिक संकटमा

यतिबेला अछामको बयलपाटा अस्पतालमा बजेट अभाव भइरहेको भन्दै त्यहाँका संघ, प्रदेश तथा स्थानिय तहमा प्रतिनिधित्व गर्ने नेताहरु आन्दोलनको तयारिमा छन् । उनिहरुले प्रदेश सरकारकहाँ पटक पटक बजेटको माग गरिरहेका छन् । बिगतमा ७ देखी ८ करोड सम्म अनुदानमा बजेट उपलब्ध गराउँदै आएको प्रदेश सरकारले यस पटक एक्कासी अनुदानका लागी बजेट नछुट्याएपछि त्यसको बिरोधमा उत्रिएका प्रतिनिधीहरु बजेट मागको अन्तिम लडाइमा छन् । प्रदेश सरकारकहाँ उनिहरुले बजेट उपलब्ध गराउन अन्तिम अल्टिमेटम समेत दिइसकेका छन् ।

अछामबाटै प्रदेशसभाको निर्वाचन जितेर सामाजिक बिकास मन्त्रालयको नेतृत्व गरिरहेका झपट साउँदले अछामी जनताकै माग पुर्ती गर्न सकेका छैनन् । यता पुर्व मन्त्री तथा प्रतिनिधीसभा सदस्य शेर बहादुर कुँवर, प्रदेशसभा सदस्य मेघराज खड्का, साँफे नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले धनगढीमा पत्रकार सम्मेलन गर्दै बयलपाटाका लागी बजेट बिनियोजन गर्न अन्तिम अल्टिमेटम दिएका छन् । बिगतका बर्षहरुबाटै आइरहेको अनुदान यस बर्ष काटिनु दुर्भाग्य हो प्रतिनिधिसभा सदस्य शेर बहादुर कुँवरले भने “अछाम मात्रै होइन, बाजुरा, डोटी दैलेख, डडेल्धुरा लगायतका जिल्लाबाट उपचारका लागी बिरामीहरु बयलपाटा पुग्ने गरेका छन्, त्यहाँ बजेट अभावले कर्मचारीलाई पारिश्रमिक दिन समस्या भइरहेको छ, प्रदेश सरकारले आफ्ना जनताको सहज उपचार दिइरहेको बयलपाटा अस्पताल बारे अपनत्व ग्रहण गर्नुपर्ने ठाउँमा बजेट समेत काटिदिउको छ, यो गलत हो ।” प्रदेश सरकारले क्याबिनेटबाट निर्णय गरेर बयलपाटालाई अनुदानमा रकम उपलब्ध गराउनुपर्नेमा उनको जोड छ ।

प्रदेशसभा सदस्य मेघराज खड्काले प्रदेश सरकारकहाँ आवाज उठाउन लागेको ७ महिना बितेको बताए । मैले सदन देखी मन्त्रालयहरुमा पटक पटक गुहारेको छु बयलपाटाका लागी तर सुनुवाई हुँदैन उनले भने “कर्मचारीले बजेटमा नभएको रकम दिन मिल्दैन भन्नुहुन्छ, स्वभाविक हो त्यो कर्मचारीका तहबाट भन्दापनि मन्त्री स्तरबाट समाधान हुने बिषय हो, तर हामीलाई मुख्यमन्त्री, अर्थमन्त्री र सामाजिक बिकास मन्त्रीले हुन्छ, हुन्छ भन्नुहुन्छ खै कहिले हुने हो, थाहा छैन ।” उनले अर्थमन्त्री नरेश शाही र सामाजिक बिकास मन्त्री झपट साउँदलाई इगिंत गर्दै मन्त्रीहरु सकारात्मक हुनुपर्नेमा जोड दिए । साँफे नगरपालिकाका प्रमुख राजेन्द्र कुँवरले बयलपाटा अस्पताललाई ११ गतेभित्र बजेटको ब्यवस्था नगराए मुख्यमन्त्री कार्यालय अगाडी अनशन बस्ने अल्टिमेटम दिएका छन् । हामीले बर्षेनी १ करोड रकम बयलपाटालाई दिने गरेका छौँ, बिगतमा प्रदेशबाटपनि बजेट आएकै हो कुँवरले भने “अहिले मात्रै बजेट नहाल्नुको कारण के हो, मन्त्री अछामकै हुनुहुन्छ, मन्त्रीपरिषदबाट निर्णय गराए त भइहाल्यो नी, तर बिभिन्न कर्मचारीको कारण देखाउँदै मन्त्रीहरुले पन्छिनु गलत हो, एदी बजेट आउँदैन भने अछामको मात्रै होइन सिंगो जनता सरकार बिरुद्ध उत्रिन बाध्य हुने छन् ।”

प्रदेशको बजेट आएको ७ महिना भइसक्दा सम्म बयलपाटा अस्पतालका लागी बजेटको ब्यवस्थापन गर्न नसकेका मन्त्री झपट साउँदले डक्टर पठाएको भन्दै सामाजिक सञ्जाल देखी मिडियामा समेत छाउन भ्याए । आफ्नै पहलमा डक्टर पठाएको भन्दै उनले निकै प्रचारबाजी गरे । तर ति डक्टर बयलपाटा अस्पतालकै लागी स्थाई रुपमा भन्दापनि १ महिनाका लागी मंगलसेन जिल्ला अस्पतालबाट काजमा खटाइएको पाइयो । स्वास्थ्य निर्देशनालय सुदुरपश्चिम प्रदेशका निमित्त निर्देशक डा.जगदिश जोशीले तत्काल बयलपाटा अस्पतालको सेवा प्रबाहमा सहजता ल्याउनका लागी प्रस्तुती सल्यक्रिया तालिम प्राप्त डा. अतुल भारद्वाजलाई एक महिनाका लागी काजमा खटाइएको बताए । बयलपाटाबाट चिकित्सक अभाव भएको भनेपछि मंगलसेन अस्पतालबाट केही दिनका लागी डक्टर पठाएका हौँ डा.जोशीले भने “मंगलसेन अस्पतालकै सेवा सुबिधा दिने गरी केही दिनका लागी डक्टर खटाएका हौँ, हेर्नुस यहाँ डक्टरनै पाइदैनन्, हामी खोजिरहेका छौँ तत्काल समस्या समाधानका लागी बयलपाटा मंगलसेनको डक्टर खटाएका हौँ ।”

प्रतिक्रिया