Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बयलपाटा अस्पताललाई अनुदान नदिए आन्दोलन गर्ने मेयर र सांसदको चेतावनी

बयलपाटा अस्पताललाई अनुदान नदिए आन्दोलन गर्ने मेयर र सांसदको चेतावनी

अछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री शेरबहादुर कुवरले अहिले अछाम सङ्कटमा परेको बताउँदै सरकारले त्यहाँको माग सम्बोधन गर्नु पर्नेमा जोड दिए । यस अघि पनि तीन पटक सम्म प्रदेश सरकारले अनुदान दिएको स्मरण गर्दै उनले अहिले पनि अनुदान दिन समस्या नरहेको स्पष्ट पारेका थिए ।

‘प्रदेश सरकारको मातहतमा रहेको अस्पताललाई अनुदान दिने प्रचलन होइन निरन्तर ३ वर्ष देखी चल्दै आएको कुरा कसरी छुट्यो किन समावेश गर्न ढिलाइ गरियो’, उनले भने, ‘हामीले मुख्यमन्त्री मन्त्रीहरूलाई पहल गरिरहेका छौँ । सबैले सामूहिक ढङ्गले पहल गरिरहेका छौँ ।’

प्रत्येक वर्ष करिब २२ करोड खर्च हुने अस्पतालमा केही वर्ष यता दातृ निकायले १३ करोड व्यवस्था गर्दै आएको छ । १ करोड साफेवगर नगरपालिकाले उपलब्ध गराएको भन्दै अन्य अपुग रकम प्रदेश सरकारले दिनुपर्ने उनले बताए ।

प्रदेश सभा सदय मेघराज खड्काले पहिलो वर्ष ७ करोड त्यसपछि ८ करोड र अघिल्लो वर्ष ९ करोड प्रदेश सरकारले उपलब्ध गराएको भन्दै यस वर्ष पनि त्यति नै रकम उपलब्ध गराइनु पर्ने माग गरे ।
अनुदान रकम दिनु पर्ने सरकारले आफूहरूलाई आश्वासन मात्रै दिने गरेको खड्काले बताए ।

‘सुरुमा हामीलाई एक हप्ता भनिएको थियो । अहिले सम्म पनि अनुदान गएको छैन’, उनले भने, ‘अहिले सम्म विभिन्न विकल्पहरूमा छलफल भइरहेको छ तर, निष्कर्ष केही आएको छैन । ९ महिना भयो । आर्थिक सङ्कटले अस्पताल बन्द हुने अवस्थामा पुगिसकेको छ ।’

साफेवगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुवरले पनि सरकारले आश्वासन मात्रै दिने गरेको भन्दै आलोचना गरे ।

न्याय हेल्थ नेपालद्वारा सञ्चालित यो अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क उपचार सेवा प्रवाह गर्दै आएको छ ।

अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपालबिच सम्झौता समेत भइसकेको छ ।

५० शय्या रहेको अस्पतालको दीर्घकालीन व्यवस्थापनसहित सञ्चालनका लागि प्रदेश सरकारले वार्षिक ९ करोड बजेट विनियोजन गर्ने गरी ५ वर्षका लागि सम्झौता गरिएको थियो । तर, अहिले यस वर्ष सरकारले रकम उपलब्ध नगराएपछि अस्पताल बन्द हुने अवस्थामा पुगेको त्यहाँबाट निर्वाचित जनप्रतिनिधिहरूले बताइरहेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ