ताजा अपडेट
जिल्लाका १० स्थानिय तहमध्य स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट
अछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट भएको छ । अछामका ६ गाउँपालिका र ४ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्वमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबैभन्दा बढी ८३ प्रतिशत नम्बर सहित नगरपालिका साँफेबगर पहिलो तथा उत्कृष्ट भएको हो । बान्नीगढी जयगढ गाउँपालिका ८१.५ प्रतिशत सहित दोस्रो र मङ्गलसेन नगरपालिकाले ७६ प्रतिशत ल्याएर तेस्रो भएको छ । त्यसैगरी चौरपाटी गाउँपालिका र मेल्लेख गाउँपालिकाले ७१/७१ प्रतिशत कमलबजार नगरपालिकाले ७०.२५ प्रतिशत र पञ्चदेवल विनायक नगरपालिकाले ७५.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन । स्वमूल्यांकनका क्रममा रामारोशन गाउँपालिकाले ५४.२५ प्रतिशत र ढकारी गाउँपालिकाले ४८.५ प्रतिशत नम्बर प्राप्त गरेका छन् । स्वमूल्याङ्कनमा सबैभन्दा कम तुर्माखाद गाउँपालिकाले ४४.७५ प्रतिशत नम्बर प्राप्त गरेको छ ।
कतिपय स्थानीय तहमा काम भएपनि त्यसको सही अभिलेखीकरण नहुँदा प्राप्तङ्कमा कम बढी भएको निमित्त जिल्ला समन्वय अधिकारी सिद्धराज जोशीले बताए । प्रक्रियागत रुपमा काम नहुनु र भएका कामको अभिलेखीकरणको अभावमा स्थानीय तहको काम नदेखिएको जोशीको भनाइ छ । १० स्थानीय तहले सम्पन्न गरेका कामका १० वटा विषय क्षेत्रमा जिल्ला समन्वय समितिले स्वमूल्यांकन गरेर जाँच गरेर स्वमूल्याङ्कन प्रकाशन गर्ने गरिन्छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया