Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जिल्लाका १० स्थानिय तहमध्य स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट

जिल्लाका १० स्थानिय तहमध्य  स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट

अछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट भएको छ । अछामका ६ गाउँपालिका र ४ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्वमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबैभन्दा बढी ८३ प्रतिशत नम्बर सहित नगरपालिका साँफेबगर पहिलो तथा उत्कृष्ट भएको हो । बान्नीगढी जयगढ गाउँपालिका ८१.५ प्रतिशत सहित दोस्रो र मङ्गलसेन नगरपालिकाले ७६ प्रतिशत ल्याएर तेस्रो भएको छ । त्यसैगरी चौरपाटी गाउँपालिका र मेल्लेख गाउँपालिकाले ७१/७१ प्रतिशत कमलबजार नगरपालिकाले ७०.२५ प्रतिशत र पञ्चदेवल विनायक नगरपालिकाले ७५.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन । स्वमूल्यांकनका क्रममा रामारोशन गाउँपालिकाले ५४.२५ प्रतिशत र ढकारी गाउँपालिकाले ४८.५ प्रतिशत नम्बर प्राप्त गरेका छन् । स्वमूल्याङ्कनमा सबैभन्दा कम तुर्माखाद गाउँपालिकाले ४४.७५ प्रतिशत नम्बर प्राप्त गरेको छ । 

कतिपय स्थानीय तहमा काम भएपनि त्यसको सही अभिलेखीकरण नहुँदा प्राप्तङ्कमा कम बढी भएको निमित्त जिल्ला समन्वय अधिकारी सिद्धराज जोशीले बताए । प्रक्रियागत रुपमा काम नहुनु र भएका कामको अभिलेखीकरणको अभावमा स्थानीय तहको काम नदेखिएको जोशीको भनाइ छ । १० स्थानीय तहले सम्पन्न गरेका कामका १० वटा विषय क्षेत्रमा जिल्ला समन्वय समितिले स्वमूल्यांकन गरेर जाँच गरेर स्वमूल्याङ्कन प्रकाशन गर्ने गरिन्छ ।
 

प्रतिक्रिया

ट्रेन्डिङ