Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सवको चौथो दिन दर्शकको घुईचो अत्याधिक बढेको थियो । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को चौथो दिन गायिका रचना रिमाल र गायक आशिष महरको प्रस्तुतिले दर्शक लाई नचाएको थियो । महोत्सबमा चर्चित मोडेल करिष्मा ढकालको नृत्यले दर्शकलाई लोभ्याएको थियो । गायक आशिष महरले गित गाउने क्रममा आयोजक कमिटिले आशिष महरकि आमालाई स्टेजमा बोलाई सम्मान गरेको थियो भने गायिका रचना रिमालले स्टेजबाट ओर्लिएर उनको प्रिती पहिले हो कि भन्न गित संगै दर्शक संग हात मिलाउदै अभिनन्दन गरेकि थिईन । 

आज पाँचौं दिन चर्चित लोक तथा दोहोरी गायक टंक तिमील्सैना, गायिका अनिता चलाउने र मोडेल रुबिना अधिकारीका प्रस्तुति रहने आयोजक लायन्स क्लब अफ साँफेबगरका संस्थापक अध्यक्ष भरत बहादुर खड्काले बताए । आज देखी महोत्सबमा पालिका स्तरीय खुला भलिबल प्रतियोगिता संचालन हुनेभएकाले आजबाट दर्शकको घुईंचो कम्तिमा पनि दुई गुणाले बढ्ने लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले बताए । कुँवरका अनुसार आजबाट सुरुहुने पालिका स्तरीय खुला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार नगद सहित ट्रफि, मेडल, दोस्रो हुने टिमलाई १ लाख १ हजार नगद सहित ट्रफि, मेडल र तेस्रो हुने २ टिमलाई २५  हजार नगद सहित ट्रफि, मेडल प्रदान गरीनेछ

महोत्सबमा स्थानिय र राष्ट्रिय कलाकारहरुका प्रस्तुति संग संगै रक्तदान कार्यक्रम पनि सुचारु भईरहेको र रक्तदान गर्नेमा लायन्स क्लब अफ साँफेबगर अछामका अध्यक्ष कृष्ण कुँवर नै अग्रसर भएका छन् भने रक्तदान गर्ने दाताहरुलाई आयोजक समितीले प्रमाण पत्र सहित सम्मान गर्ने गरीएको लायन्स क्लब अफ साँफेबगर अछामका सचिव पृथ्वी कुँवरले बताए । महोत्सबमा बिभिन्न साँस्कृतिक झाँक्री, स्थानिय कलाकारको प्रस्तुति लगायत रमाईलो बाल मेला संचालन भैरहेको छ । 

प्रतिक्रिया