Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सबको चौथो दिन रचना र आशिषले नचाए दर्शक

छैठौं साँफेबगर महोत्सवको चौथो दिन दर्शकको घुईचो अत्याधिक बढेको थियो । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को चौथो दिन गायिका रचना रिमाल र गायक आशिष महरको प्रस्तुतिले दर्शक लाई नचाएको थियो । महोत्सबमा चर्चित मोडेल करिष्मा ढकालको नृत्यले दर्शकलाई लोभ्याएको थियो । गायक आशिष महरले गित गाउने क्रममा आयोजक कमिटिले आशिष महरकि आमालाई स्टेजमा बोलाई सम्मान गरेको थियो भने गायिका रचना रिमालले स्टेजबाट ओर्लिएर उनको प्रिती पहिले हो कि भन्न गित संगै दर्शक संग हात मिलाउदै अभिनन्दन गरेकि थिईन । 

आज पाँचौं दिन चर्चित लोक तथा दोहोरी गायक टंक तिमील्सैना, गायिका अनिता चलाउने र मोडेल रुबिना अधिकारीका प्रस्तुति रहने आयोजक लायन्स क्लब अफ साँफेबगरका संस्थापक अध्यक्ष भरत बहादुर खड्काले बताए । आज देखी महोत्सबमा पालिका स्तरीय खुला भलिबल प्रतियोगिता संचालन हुनेभएकाले आजबाट दर्शकको घुईंचो कम्तिमा पनि दुई गुणाले बढ्ने लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले बताए । कुँवरका अनुसार आजबाट सुरुहुने पालिका स्तरीय खुला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार नगद सहित ट्रफि, मेडल, दोस्रो हुने टिमलाई १ लाख १ हजार नगद सहित ट्रफि, मेडल र तेस्रो हुने २ टिमलाई २५  हजार नगद सहित ट्रफि, मेडल प्रदान गरीनेछ

महोत्सबमा स्थानिय र राष्ट्रिय कलाकारहरुका प्रस्तुति संग संगै रक्तदान कार्यक्रम पनि सुचारु भईरहेको र रक्तदान गर्नेमा लायन्स क्लब अफ साँफेबगर अछामका अध्यक्ष कृष्ण कुँवर नै अग्रसर भएका छन् भने रक्तदान गर्ने दाताहरुलाई आयोजक समितीले प्रमाण पत्र सहित सम्मान गर्ने गरीएको लायन्स क्लब अफ साँफेबगर अछामका सचिव पृथ्वी कुँवरले बताए । महोत्सबमा बिभिन्न साँस्कृतिक झाँक्री, स्थानिय कलाकारको प्रस्तुति लगायत रमाईलो बाल मेला संचालन भैरहेको छ । 

प्रतिक्रिया