Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ब्लड बैंकका लागी साँफेबगर महोत्सबलाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने

ब्लड बैंकका लागी साँफेबगर महोत्सबलाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने

लायन्स क्लब अफ साँफेबगरले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने घोषणा गरेको छ । साँफेबगर नगरपालिका वडा न. ३ को नव निर्माणाधिन बसपार्कमा भैरहेको महोत्सबको पाँचौ दिनको प्रमुख अतिथी को आसन बाट बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपटी गाउँपालिकाको तर्फबाट पाँच लाख दिने घोषणा गर्नु भएको हो ।

महोत्सबमा बोल्दै अध्यक्ष साउँदले लायन्स क्लब अफ साँफेबगरले महोत्सब मनोरन्जनका लागी मात्र नभएर एक ब्लड बैंक स्थापना गर्ने महान उद्देश्य सहित महोत्सब आयोजना गरेकोले यस्ता रचनात्मक कृयाकलापको आफु सधै समर्थनमा रहेको बताउनु भयो । साथै लायन्स क्लबका अध्यक्ष लायन कृष्ण कुँवरले चौरपाटी गाउँपालिकाका अध्यक्ष लाई पनि लायन्स क्लब अफ साँफेबगरको सदस्यका रुपमा स्वागत गर्न पाउँदा आफुलाई अत्यन्तै खुशी लागेको बताउनु भयो ।

महोत्सबको पाँचौ दिन चर्चित कलाकार टंक तिमील्सैना अनिता चलाउने रुबिना अधिकारी लगाएत स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । महोत्सबमा दैनिक रक्तदान कार्यक्रम अन्तर्गत हिजो ९ जनाले रक्तदान गरेकाअ थिए भने बाणिज्यको फर्म दर्ताको काम समेत भएको थियो । त्यसैगरी महोत्सबको पाँचौ दिन बाट पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता समेत सुरु गरिएको महोत्सबका खेलकुद उपसमितिका संयोजक लायन अनिल कुँवरले जानकारी दिनुभएको छ । त्यस्तै पन्चदेवल विनायक नगरपालिकाका लेखा प्रमुख लोक बहादुर चलाउनेले आफ्नो व्यक्तिगत तर्फबाट १० हजार महोत्सबलाई सहयोग गर्नु भएको थियो ।

महोत्सबको छैठौं दिन आज रामजी खाँड रुपा घर्ती मगर, सृजना खत्री हाउडे मायाँ, झरना बोहरा, नरेन्द्र रावल लगाएत स्थानिय कलाकारको प्रस्तुती रहने छ भने भोली सातौं दिन समिक्षा अधिकारी, रुपा घर्ती मगर, लाल बहादुर धामी, रोजी कुँवर लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने कलाकार समन्वय उपसमितिका संयोजक तथा लायन्स क्लब अछामका संस्थापक अध्यक्ष लायन भरत बहादुर खड्काले जानकारी दिनुभयो । त्यसैगरी भोली ३ गते विध्यार्थीहरुलाई विध्यालयको पोषाक र परिचय पत्रमा ५० प्रतिशत छुटको व्यवस्था रहेको टिकट व्यवस्थापन उपसमितिका संयोजक लायन गौतम कुँवरले जानकारी दिनुभयो । 

प्रतिक्रिया