ताजा अपडेट
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका-१ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको छ ।
दुर्घटनाबाट ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।
मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया