Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर महोत्सबको छैठौं दिन : ६ हजार बढी दर्शक - समिक्षा, अछामी बड्डा र रोजिका प्रस्तुतिमा रमाए दर्शक

साँफेबगर महोत्सबको छैठौं दिन : ६ हजार बढी दर्शक - समिक्षा, अछामी बड्डा र रोजिका प्रस्तुतिमा रमाए दर्शक

छैठौं साँफेबगर महोत्सवको छैठौं दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को छैठौं दिन गायिका समिक्षा अधिकारी र गायक लाल बहादुर धामि अछामी बड्डाको प्रस्तुतिले दर्शक लाई नचाएको छ । महोत्सबमा चर्चित मोडेल कुँवरको नृत्यले दर्शकलाई लोभ्याएको छ । गायिक समिक्षा अधिकारीले गित गाउने क्रममा दर्शक गितमा अत्याधिक हुटिङग सहित नाचेका थिए भन गायक लाल बहादुर धामि अछामि बड्डाका गितमा दर्शकले नाच्नुका साथै देउडा खेल खेलेका थिए । 

महोत्सबको छैटौं दिन विद्यार्थी लाई ५० प्रतिशत छुट दिएर पनि ४ लाख ९६ हजारको टिकट बिक्रि भएको र ६ हजार भन्दा बढि दर्शकले महोत्सबको अवलोकन गरेको लायन्स क्लब अफ साँफेबगरका सदस्य एवम् टिकट व्यवस्थापन उपसमितीका संयोजक गौतम कुँवरले हाम्रो बुलेटिनलाई जानकारी दिए ।

भोलि सातौं दिन चर्चित गायिका अस्मिता अधिकारी, गायिका तथा उद्घोषिका रुपा घर्ति मगर, गायक तथा उद्घोषक कोष खड्का, देउडा गायक प्रकास थापा, लोक दोहोरी गायिका ईब्सु संन्ज्याल लगायत स्थानिय कलाकारको प्रस्तुति रहने आयोजक लायन्स क्लब अफ साँफेबगरका संस्थापक अध्यक्ष भरत बहादुर खड्काले बताए । कलाकार को प्रस्तुती हेर्ने संगै महोत्सबमा पालिका स्तरीय खुला भलिबल प्रतियोगिता संचालन भैरहेकोले पनि दर्शकको संख्या बढेको लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले बताए । कुँवरका पालिका स्तरीय खुला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार नगद सहित ट्रफि, मेडल, दोस्रो हुने टिमलाई १ लाख १ हजार नगद सहित ट्रफि, मेडल र तेस्रो हुने २ टिमलाई २५  हजार नगद सहित ट्रफि, मेडल प्रदान गरीनेछ ।

महोत्सबमा स्थानिय र राष्ट्रिय कलाकारहरुका प्रस्तुति संग संगै रक्तदान कार्यक्रम पनि सुचारु भईरहेको र रक्तदान गर्ने दाताहरुलाई आयोजक समितीले प्रमाण पत्र सहित सम्मान गर्ने गरीएको लायन्स क्लब अफ साँफेबगर अछामका सचिव पृथ्वी कुँवरले बताए । महोत्सबमा बिभिन्न साँस्कृतिक झाँक्री, स्थानिय कलाकारको प्रस्तुति लगायत रमाईलो बाल मेला संचालन भैरहेको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ