Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगर महोत्सब अपडेट : ज्योतिका गितमा ७ हजार ५ सय बढी दर्शक झुमे

साँफेबगर महोत्सब अपडेट : ज्योतिका गितमा ७ हजार ५ सय बढी दर्शक  झुमे

छैठौं साँफेबगर महोत्सवको अन्तिम दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को अन्तिम दिन गायिका ज्योती मगर, गायिका तथा उद्घोषिका रुपा घर्ति मगर, गायक तथा उद्घोषक कोष खड्क, गायक टेक बोगटी, गायक टेक बि.सि, हास्य कलाकार हेमराज अधिकारी खन्ट्या खलास, भिम बिष्ट अछामि रेखा र जनक साउँदको प्रस्तुतिले दर्शक लाई नचाएको छ । 

महोत्सबको अन्तिम बालबालिका लाई ५० प्रतिशत छुट दिएर पनि ६ लाख ८३ हजार २ सयको टिकट बिक्रि भएको र ७ हजार पाँच सय भन्दा बढि दर्शकले महोत्सबको अवलोकन गरेको लायन्स क्लब अफ साँफेबगरका सदस्य एवम् टिकट व्यवस्थापन उपसमितीका संयोजक गौतम कुँवरले हाम्रो बुलेटिनलाई जानकारी दिए ।

सम्पूर्ण सांस्कृतिक कार्यक्रमहरु आजै सकिएपनि महोत्सबको समापन नेपाल सरकारका पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननिय शेर बहादुर कुँवर द्धारा गरीने आयोजक समितीले जनाएको छ । भोलि महोत्सब समापनको दिन पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको फाईनल खेल बुढिगंगा र मेल्लेख बिच हुनेछ भने आजको सेमिफाईनल साँफेबगर र बुढिगंगा बिच भएको थियो । भोलि प्रथम हुने टिमलाई १ लाख ५१ हजार नगद सहित ट्रफि, मेडल, दोस्रो हुने टिमलाई १ लाख १ हजार नगद सहित ट्रफि, मेडल र तेस्रो हुने २ टिमलाई २५  हजार नगद सहित ट्रफि, मेडल प्रदान गरीने खेलकुद समन्वय उपसमितीका संयोजक अनिल कुँवरले बताए ।

महोत्सबमा स्थानिय र राष्ट्रिय कलाकारहरुका प्रस्तुति संग संगै रक्तदान कार्यक्रम पनि सुचारु भएको र रक्तदान गर्ने दाताहरुलाई आयोजक समितीले प्रमाण पत्र सहित सम्मान गर्ने गरीएको लायन्स क्लब अफ साँफेबगर अछामका सचिव पृथ्वी कुँवरले बताए । महोत्सबमा बिभिन्न साँस्कृतिक झाँक्री, स्थानिय कलाकारको प्रस्तुति लगायत रमाईलो बाल मेला संचालन गरीएको थियो । आज अन्तिम दिन सम्म महोत्सबमा २२ लाख ६५ हजार बढिको टिकट बिक्रि भएको महोत्सब आयोजक समितीले जनाएको छ ।
 

प्रतिक्रिया