Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर महोत्सब अपडेट : ज्योतिका गितमा ७ हजार ५ सय बढी दर्शक झुमे

साँफेबगर महोत्सब अपडेट : ज्योतिका गितमा ७ हजार ५ सय बढी दर्शक  झुमे

छैठौं साँफेबगर महोत्सवको अन्तिम दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को अन्तिम दिन गायिका ज्योती मगर, गायिका तथा उद्घोषिका रुपा घर्ति मगर, गायक तथा उद्घोषक कोष खड्क, गायक टेक बोगटी, गायक टेक बि.सि, हास्य कलाकार हेमराज अधिकारी खन्ट्या खलास, भिम बिष्ट अछामि रेखा र जनक साउँदको प्रस्तुतिले दर्शक लाई नचाएको छ । 

महोत्सबको अन्तिम बालबालिका लाई ५० प्रतिशत छुट दिएर पनि ६ लाख ८३ हजार २ सयको टिकट बिक्रि भएको र ७ हजार पाँच सय भन्दा बढि दर्शकले महोत्सबको अवलोकन गरेको लायन्स क्लब अफ साँफेबगरका सदस्य एवम् टिकट व्यवस्थापन उपसमितीका संयोजक गौतम कुँवरले हाम्रो बुलेटिनलाई जानकारी दिए ।

सम्पूर्ण सांस्कृतिक कार्यक्रमहरु आजै सकिएपनि महोत्सबको समापन नेपाल सरकारका पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननिय शेर बहादुर कुँवर द्धारा गरीने आयोजक समितीले जनाएको छ । भोलि महोत्सब समापनको दिन पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको फाईनल खेल बुढिगंगा र मेल्लेख बिच हुनेछ भने आजको सेमिफाईनल साँफेबगर र बुढिगंगा बिच भएको थियो । भोलि प्रथम हुने टिमलाई १ लाख ५१ हजार नगद सहित ट्रफि, मेडल, दोस्रो हुने टिमलाई १ लाख १ हजार नगद सहित ट्रफि, मेडल र तेस्रो हुने २ टिमलाई २५  हजार नगद सहित ट्रफि, मेडल प्रदान गरीने खेलकुद समन्वय उपसमितीका संयोजक अनिल कुँवरले बताए ।

महोत्सबमा स्थानिय र राष्ट्रिय कलाकारहरुका प्रस्तुति संग संगै रक्तदान कार्यक्रम पनि सुचारु भएको र रक्तदान गर्ने दाताहरुलाई आयोजक समितीले प्रमाण पत्र सहित सम्मान गर्ने गरीएको लायन्स क्लब अफ साँफेबगर अछामका सचिव पृथ्वी कुँवरले बताए । महोत्सबमा बिभिन्न साँस्कृतिक झाँक्री, स्थानिय कलाकारको प्रस्तुति लगायत रमाईलो बाल मेला संचालन गरीएको थियो । आज अन्तिम दिन सम्म महोत्सबमा २२ लाख ६५ हजार बढिको टिकट बिक्रि भएको महोत्सब आयोजक समितीले जनाएको छ ।
 

प्रतिक्रिया