Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम आजबाट सञ्चालन

बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम  आजबाट सञ्चालन

बैद्यनाथ धाममा पुर्वाधारका संरचनाहरु निमार्ण गर्न आवश्यक छ -राष्टपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बैद्यनाथ धामको समग्र विकासका लागी विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर अल्प, मध्य र दिर्घकालिन रुपमा गरिने काम सहित पुर्वाधारका संरचनाहरु निमार्ण गर्न आवश्यक रहेको बताए । अछामको बैद्यनाथ धाममा आजबाट सञ्चालित कोटीहोम महायज्ञको उद्घाटन गर्न पुगेका राष्ट्रपति पौडेलले चार धाम मध्येको एक बैद्यनाथ धामको महत्व र महिमाको बिषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको भन्दै बैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौगुणा बढी पुण्य प्राप्त हुने जनबिश्वास रहेको बताए ।

बैद्यनाथ धाम जस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षरणका लागी तिनै तहका सरकारले आफ्नो निति तथा कार्यक्रम र बजेटमा समाबेशन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सुदुरपश्चीम देवालयहरु देबी देवताको बास भएको पुण्यभुमि हो । यहाँ बडिमालिका ,खप्तड,बैद्यनाथ,उग्रतारा,शैलेश्वरी जस्ता धामहरु छन् । म आज अछाम आउन पाएर धन्य भएको महसुस गरेको छु ।

सुदुरपश्चीम ऋषीमुनिहरुले तपस्या गरेको तपोभुमि, पबित्रस्थल, कला संस्कृतिले भरिपुर्ण छ ।’ पर्यटनको सुरुवात तिर्थटानबाट भएको भन्दै नेपालमा पछिल्लो समय धार्मिक यात्रासगै पर्यटनको विकास भएको बताए। बैद्यनाथलाई थप आकर्षणको केन्द्र बनाएर पर्यटकीय गन्तव्यको रुपमा स्थापित बनाउन सके लाखांै पर्यटकहरु भित्रिने र आर्थिक आम्दानी हुनेमा राष्टपति पौडेलले जोड दिए । उनले भने, ‘यसरी धार्मिक रुपमा पर्यटकहरु आए आम्दानी स्रोत पनि बढ्छ,कमाउकै लागी बिदेश जानुपपर्ने बाध्यताको केहि हदसम्म अन्त्य हुन्छ ।’
 

बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आजबाट सञ्चालन 

अछामको बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आजबाट सञ्चालन भएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा यहि फागुन १० गतेदेखि २५ गते शिवरात्रीसम्म सञ्चालन हुनेछ । पौराणीक, धार्मिक, ऐतिहासिक,सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले महत्वपुर्ण बैद्यनाथ धाममा ६÷६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला,१२÷१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञ सहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न तयारी थालिएको मुल आयोजक समितीले जनाएको छ ।

पबित्र तीर्थस्थल बैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकिय महत्वको प्रचार प्रसार,बैदिक सनातक धर्म संस्कृतिको संरक्षण सबद्र्धन,समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण,बैद्यनाथ धामलाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गराउने,गुरुकुल शिक्षाको सृदृढिकरण तथा बैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माबिमा स्तरोन्नती,लोक संस्कृति, लोककला, लोकगाथाको संरक्षण सम्बद्र्धन गर्ने उदेश्यका साथ कोटीहोम सञ्चालन गरिएको मुल आयोजक समितिका सयोजक तथा प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले बताए । कोटीहोम सम्पन्न गर्नका लागी डेढ करोड रकम खर्च हुने अनुमान गरिएको कुँवरले बताए । १४४ वर्ष अर्थात डेढ सताब्दी आफैमा एक ईतिहास भएको भन्दै कुँवरले कोटीहोम गनै र देख्न पाउने अहिलेका पुस्ता भाग्यमानी भएको बताए ।

बैद्यनाथ धामको ऐतिहासिक कुराहरु उजागर गर्न नया पुस्तालाई जानकारी दिने उदेश्यले महत्वपर्ण सन्देश दिन नेपालका प्रख्यात जगत गुरु देखि विभिन्न धार्मिक व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष भरत कुमार स्वाँरले बताए । सबैको मनमा शान्ती ल्याउन, हिन्दु सनातन धर्मको संरक्षण गर्न र बैद्यनाथ क्षेत्रलाई पर्यटकको महत्वपुर्ण  गन्तव्य स्थल बनाएर अछामलाई आर्थिक समृद्धिको पाटो सकेत जोड्ने समेत कोटी होमको मुल उदेश्य रहेको स्वाँरले बताए । कोटीहोममा अछामका कला संस्कृति झल्किने झाँकीहरु होरी,पुतला, भुवा ,न्याउले खेल प्रदर्शन गरिएका थिए । 

मुल आयोजक समितिका सयोजक तथा प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्य मन्त्री कमल बहादुर शाह, कथा बाचक प्राध्यायपक भवानी खतिवडा, पुर्ब उप्रधान तथा गहृमन्त्री भीम रावल, सुदुरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्काले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मुल आयोजक समिति सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सचालन आयोजक समितिका बिशेष सल्लाहकार तथा सस्कृति बिद् यज्ञराज उपाध्यायले गरेका थिए  । बैद्यनाथ धाम क्षेत्रका लागी उल्लेखनिय कार्य गरेको भन्दै ८ जनालाई राष्टपतिबाट सम्मानित गरिएको छ  । राष्टपतिबाट सम्मानित हुनेमा पुर्ब आईजिपी मोति लाल बोहरा, सुरत बहादुर शाह, भरत कुमार स्वाँर, महेन्द्र कुँवर, मदन बाबा भक्तिकेन्द्र, डण्डिराज जोशी, हर्क कुँवर गोबिन्द, यज्ञराज उपाध्याय रहेका थिए । कोटीहोममा अछामका कला संस्कृति झल्किने झाँकीहरु होरी,पुतला, भुवा, न्याउले खेल प्रदर्शन गरिएका थिए ।

प्रतिक्रिया