Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीलाई

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीलाई

सुदूरपश्चिम प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । धनगढी रङ्गशालामा सम्पन्न भएको प्रतियोगितामा कैलालीले ६४ पदक सहित विजयी भएको हो ।

कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कास्य सहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ । यस्तै कन्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएको छ ।

कन्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कास्य गरी ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कास्य गरी ३३ पदक सहित तृतीय भएको हो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परीसदका सदस्य सचिव दीपक बहादुर सिंहले नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रतियोगितामा सहभागी अन्य बैतडीले ५ स्वर्ण, २ रजत र १० कास्य गरी १७ पदक, बझाङले २ स्वर्ण, ४ रजत र १३ कास्य गरी १९ पदक, बाजुराले १ स्वर्ण, ६ रजत र १३ कास्य गरी २०, अछामले १ स्वर्ण, १ रजत र ६ कास्य गरी ८, दार्चुलाले ४ रजत र ३ कास्य गरी ७, र डोटीले ३ रजत र ८ कास्य गरी ११ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने प्रदेश खेलकुद परीसदले जनाएको छ । विगत ४ वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कैलालीले जित्दै आएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ