ताजा अपडेट
खोप सम्बन्धी स्वास्थकर्मीहरुका लागी १ दिने तालिम सम्पन्न
साँफेबगर नगरपालिकामा खोप सम्बन्धी स्वास्थकर्मीहरुका लागी १ दिने तालिम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा बुधबार तालिम सम्पन्न भएको हो ।
साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थकर्मीहरुलाई आग्रह गर्नु भएको छ । खोप सम्बन्धी स्वास्थकर्मीहरुका लागी १ दिने तालिममा बोल्दै नगर प्रमुख कुँवरले खोपमा सरकारले गरेको लगानीको सहि सदुपयोग गर्न र स्वास्थ चौकीमा नियमित हाजिर हुन निर्देशन दिनु भएको छ ।
कार्यक्रममा नगर उपप्रमुख शिब बहादुर कुँवरले खोपमा सरकारको ठुलो लगानी रहेको र खोप अभियान सञ्चालन भएपछि बालमृत्युदरमा कमी आएको बताउनु भयो । उहाँले स्वास्तथकर्मीहरुलाई भगवान्का दर्जा पनि दिईएकाले सोहि अनुसार कार्य गर्न सुझाब दिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ शाखा प्रमुख पुष्प बुढाले राख्नु भएको छ ।
कार्यक्रमको सञ्चालन तथा सहजिकरण जनस्वास्थ्य निरिक्षक लक्षमणनाथ योगीले गर्नु भएको थियो । तालिममा साँफेबगर नगरपालिका अन्र्तगतका स्वास्थचौकीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया