ताजा अपडेट
प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीद्वारा ह्वीप जारी
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको ९ औं बैठकले ह्वीप जारी गरेको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । त्यस्तै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पनि अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको छ।
फागुन ३० गते प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।
कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया