Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । आज (शनिबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । हिजो (शुक्रबार) स्ुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

पार्टीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनी दिएकी थिईन् । सरकारमा सहभागी हुन पार्टीले अनुमति पनि नदिएको र पार्टीभित्र यस विषयमा छलफलसमेत नभएकाले आफूखुसी सरकारमा सहभागी भएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

तर, अध्यक्ष श्रेष्ठको भनाइविपरीत संरक्षक चौधरीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । उनीहरुबीच पार्टीको प्रथम महाधिवेशनदेखि नै खटपट सुरु भएको थियो । अन्ततः रञ्जिताले मनोनयन दर्ताको समयमा महाधिवेशन स्थलनै छाडेर काठमाडौं आएका थिए । अन्ततः आफ्नै अड्डीले पार्टी अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले पार्टीको साधरण सदस्य रहनसमेत अयोग्य भनेर निर्णय गरेपछि अहिले रञ्जिता नै अध्यक्ष छिन् ।सरकारमा सहभागिताबारेमा पनि उनीहरुबीच मतभेद देखापरेको छ ।

प्रतिक्रिया