Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्दै प्राविधिक टोली

ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्दै प्राविधिक टोली

सोमबार ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्न प्राविधिक टोली खटिएको छ। प्राविधिक टोली घटनास्थल पुगेर मंगलबारदेखि अध्ययन थालेको हो।

सडक विभाग पुल महाशाखाका कृष्णराज अधिकारीको नेतृत्वका ४ सदस्यीय र सडक डिभिजन नेपालगञ्जको ३ सदस्यीयसहित ७ सदस्यीय प्राविधिक टोलीले क्षतिको अध्ययन थालेको हो। 

‘भर्खरै स्पेयर भ्याकल पुगेको छ। क्षति पुगेको पुलको तारको अध्ययन गरिरहेका छौँ’, सडक डिभिजन नेपालगञ्जका डिभिजन प्रमुख निरज शाक्यले भने, ‘अध्ययन थालिएको छ। क्षतिको विवरण यकिन र मर्मत गर्न केही समय लाग्न सक्छ।’

उनका अनुसार एक-दुईभित्र क्षति विवरण यकिन गरेपछि पुल सञ्चालन गर्न सकिने-नसकिने प्रष्ट हुनेछ। 

सोमबार गुडिरहेको ट्रकमा लागेको आगो पुलमा सल्केपछि पुल भएर हुने सवारीसाधन आवतजावत ठप्प गरिएको छ। 

सुदूरपश्चिमलाई देशको अन्य भूभागसँग जोड्ने कर्णाली पुलका लट्ठामा आगोले पग्लिएपछि आजतजावत बन्द गरिएको हो।

कर्णाली पुल भएर आवतजावत बन्द गरिएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरबाट बर्दिया पुग्ने वैकल्पिक बाटो प्रयोग गरिएको छ। 

कर्णाली पुल भएर भित्रिने र बाहिरिने यातायातका साधनलाई वैकल्पिक बाटोमा पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी राजीव बस्नेतले जानकारी दिए। 

कर्णाली पुल बन्द भएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरको बाटो प्रयोग हुँदा सवारी साधनको चाप बढेको छ। यो सडकखण्ड कतै कच्ची त कतै कालोपत्रे छ।

महेन्द्र राजमार्गअन्तर्गत कर्णाली पुलको बाटो बन्द भएपछि यात्रुहरू करिब २० किलोमिटर दूरी घुमेर यात्रा गर्न बाध्य छन्।

सोमबार वीरगञ्जबाट महेन्द्रनगर आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको थियो। त्यसैबाट आगो पुलका लट्ठामा सल्केको थियो।

करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको थियो। आगलागीको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया