Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्दै प्राविधिक टोली

ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्दै प्राविधिक टोली

सोमबार ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्न प्राविधिक टोली खटिएको छ। प्राविधिक टोली घटनास्थल पुगेर मंगलबारदेखि अध्ययन थालेको हो।

सडक विभाग पुल महाशाखाका कृष्णराज अधिकारीको नेतृत्वका ४ सदस्यीय र सडक डिभिजन नेपालगञ्जको ३ सदस्यीयसहित ७ सदस्यीय प्राविधिक टोलीले क्षतिको अध्ययन थालेको हो। 

‘भर्खरै स्पेयर भ्याकल पुगेको छ। क्षति पुगेको पुलको तारको अध्ययन गरिरहेका छौँ’, सडक डिभिजन नेपालगञ्जका डिभिजन प्रमुख निरज शाक्यले भने, ‘अध्ययन थालिएको छ। क्षतिको विवरण यकिन र मर्मत गर्न केही समय लाग्न सक्छ।’

उनका अनुसार एक-दुईभित्र क्षति विवरण यकिन गरेपछि पुल सञ्चालन गर्न सकिने-नसकिने प्रष्ट हुनेछ। 

सोमबार गुडिरहेको ट्रकमा लागेको आगो पुलमा सल्केपछि पुल भएर हुने सवारीसाधन आवतजावत ठप्प गरिएको छ। 

सुदूरपश्चिमलाई देशको अन्य भूभागसँग जोड्ने कर्णाली पुलका लट्ठामा आगोले पग्लिएपछि आजतजावत बन्द गरिएको हो।

कर्णाली पुल भएर आवतजावत बन्द गरिएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरबाट बर्दिया पुग्ने वैकल्पिक बाटो प्रयोग गरिएको छ। 

कर्णाली पुल भएर भित्रिने र बाहिरिने यातायातका साधनलाई वैकल्पिक बाटोमा पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी राजीव बस्नेतले जानकारी दिए। 

कर्णाली पुल बन्द भएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरको बाटो प्रयोग हुँदा सवारी साधनको चाप बढेको छ। यो सडकखण्ड कतै कच्ची त कतै कालोपत्रे छ।

महेन्द्र राजमार्गअन्तर्गत कर्णाली पुलको बाटो बन्द भएपछि यात्रुहरू करिब २० किलोमिटर दूरी घुमेर यात्रा गर्न बाध्य छन्।

सोमबार वीरगञ्जबाट महेन्द्रनगर आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको थियो। त्यसैबाट आगो पुलका लट्ठामा सल्केको थियो।

करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको थियो। आगलागीको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया

ट्रेन्डिङ