Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढि बचत

छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढि बचत

लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिएको छ । बुधबार लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यतामा बसेको बैठकले आज सार्वजनिक सुनुवाई गर्दै छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गरेको हो । 

छैठौं  साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गर्ने क्रममा आय तर्फ बैंक तथा वित्तिय संस्था बाट ५ लाख ८५ हजार, साँफेबगर स्थित कम्पनिहरु बाट १ लाख ७४ हजार,  धनगढि बाट सहयोग संकलन ३ लाख ११ हजार ५०, अछाम बाट सहयोग संकलन ३ लाख ७४ हजार,  टिकट र सिजनल पासबाट संकलन गरिएको रकम २३ लाख ५९ हजार ४ सय २९, लायन्स सदस्यबाट संकलन गरिएको रकम ६ लाख १० हजार, रमाईलो मेलाबाट ५१ हजार, भलिबलको टिम दर्ता शुल्क बाट ४८ हजार, कलाकार बाट सहयोग रकम ६३ हजार १ सय पचहत्तर, स्टल भाडा बाफत २ लाख ४० हजार, विजयमुर्ति महाराज बाट सहयोग रकम ७५ हजार, आयुष सिंह ठकुरिबाट ५० हजार, लोक बहादुर चलाउने बाट १० हजार र स्थानिय तह तथा सामाजिक विकास मन्त्रालयबाट ४३ लाख ५० हजार गरि ९३ लाख ६ सय चौपन्न संकलन गरिएको छ भने व्यय तर्फ कलाकार को पारिश्रमिक १३ लाख ९५ हजार ५ सय, पिंकि टेन्ट  हाउस ८ लाख, बाध्यबाधन ८९ हजार, सुरक्षा निकाय १ लाख ७८ हजार, प्रिन्टिङ स्टेस्नरि ४ लाख २० हजार, भलिबल खेल को खर्च ५ लाख १ हजार ३ सय २०, यातायात तथा ईन्धन २ लाख ९५ हजार १ सय २७, बिविध सामान खरिद बिल बाट ८७ हजार ५ सय २०, मैदान निर्माण ३३ हजार ८ सय ४०, आवास तथा भोजन २ लाख ४३ हजार २ सय १५ गरि जम्मा खर्च ४० लाख ५८ हजार ५ सय २२ भएको सार्वजनिक गरिएको छ भए बचत नगद २ लाख ६६ हजार ७ सय २ रुपैयाँ र उठ्न बाँकि रकम ४९ लाख ७५ हजार ४ सय ३० गरि ५२ लाख ४२ हजार १ सय ३२ रुपैयाँ बचत भएको सार्वजनिक गरिएको छ । 

माघ २६ गते देखि फाल्गुन ४ गते सम्म गरिएको छैठौं साँफेबगर महोत्सब को मुख्य उद्देश्य बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने रहेको थियो । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले यथा शिघ्र बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना हुने काम संचालन हुने बताएका छन ।

फाल्गुण २९ गतेको बैठकमा लायन्स क्लब अफ साँफेबगरलाई छैठौं साँफेबगर महोत्सब सम्पन्न गर्न महत्त्वपुर्ण सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानिय तहहरु, जनप्रतीनिधी ज्युहरु, सरकारी कार्यालय हरु, संघ संस्थाहरु, व्यवसायिक कम्पनिहरु, निजी अस्पतालहरु, सुरक्षा निकायहरु, विभिन्न पेशाम आवद्ध रहेका कर्मचारी, विध्यालय परिवार, व्यवसायी, स्थानिय झाँकी प्रस्तुत गर्ने कलाकारहरु, रक्तदान गर्ने रक्तदाताहरु, वाणिज्य कार्यालय मंगलसैन, बैङ्क तथा वित्तिय संघ संस्थाहरु, ईन्सोरेन्स कम्पनीहरु, पत्रकार लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णलाई मुल आयोजक समितीले धन्यवद ज्ञापन गरेको थियो । 

प्रतिक्रिया