Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

भीम रावललाई निषेध माथि निषेध गर्ने प्रपञ्च

भीम रावललाई निषेध माथि निषेध गर्ने प्रपञ्च

नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई एमाले नेताहरुले नै निषेधमाथि निषेध गर्ने प्रपञ्च गरिरहेको खुुलेको छ । उनलाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठूलो चलखेल जारी रहेको र त्यसमा केन्द्रदेखि अछाम जिल्ला तहसम्मका नेता कार्यकर्ताहरु पनि सक्रिय रहेको खुलेको छ ।

भीम रावललाई जिम्मेवारी दिएर काममा फर्काउनका लागि जिल्ला कमिटि अछामको बैठकमा रावल समर्थक नेता कार्यकर्ताहरुले प्रस्ताव पेश गरेका भएपनि बैठकका शीर्ष नेताहरुले भने उनीहरुको मागलाई बैठकको ऐजेण्डामै राख्न अस्विकार गरेका छन् । त्यही विषयलाई लिएर फागुन २७ गते मंगलसेनमा बसेको जिल्ला कमिटिको बैठक दुुई घण्टासम्म अवरुद्ध भएको बुझिएको छ । रावल समर्थक एक नेताका अनुसार यसअघि भीमरावलसँग वार्ता गर्न गठित कमिटिको सक्रियता र निष्कर्षमा पुर्याउन माग गरिएको थियो । तर जिल्ला अध्यक्ष चन्द्र बोहरा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, जिल्ला ईन्चार्ज लालबहादुर थापा र केन्द्रिय कमिटि सदस्य यज्ञ बोगटीले नेतृत्व गरेको उक्त बैठकमा उनीहरुले ऐजेण्डा नै समावेश हुन दिएनन् । रावल समर्थक नेता कार्यकर्ताको मागप्रति जिल्ला अध्यक्ष बोहरा, जिल्ला इन्चार्ज थापा र प्रदेश अध्यक्ष जैशीले निषेधको भूमिका निर्वाह गरेका थिए भने केन्द्रिय सदस्य बोगटी मौन रहेको एक नेताले बताए ।

एमालेले २०७९ चैत १८ गते सचिवालय बैठकद्धारा रावलसँग वार्ता गरी निष्कर्षमा पुर्याउन तीन सदस्यीय वार्ता टोली बनाएको थियो उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाइएको थियो । उक्त टोलीले ०८० बैशाख ३ गते पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रावलसँग वार्ता गरेको थियो । त्यस दिन भएको कुराकानी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अवगत गराइने बताइएको थियो । त्यसपछि रावललाई पार्टी थप निर्णय लिने भनिएको थियो । तर त्यस यता त्यससम्बन्धि कुनै क्रियाकलाप भएका छैनन् । जसप्रति रावल समर्थक नेता कार्यकर्ताहरुको चरम असन्तुष्टि देखिन्छ । अर्कोतिर यसअघि प्रदेश कमिटिले अछाम जिल्ला अधिवेशन चैत १९–२० गते गर्ने निर्णय गरेको थियो । तर फागुन २७ गते प्रदेश अध्यक्ष नै उपस्थित रहेको जिल्ला कमिटिको बेठकले प्रदेशकै बैठकको निर्णयलाई अवज्ञा गर्दै अधिवेशनको मिति सारेर जेठमा गर्ने निर्णय गरेको बुुझिएको छ । ‘जेठ महिनामा पनि कति गते गर्ने भन्ने किटान नै गरिएको छैन’ एक नेताले भने ‘यसको अर्थ जिल्ला अधिवेशनलाई सकेसम्म पछाडी धकेल्न खोजेको जस्तो देखिएको छ ।’ चन्द्र बोहरा अध्यक्षमा पुनः दोहोरिन चाहन्छन् भने शिवप्रशाद उपाध्याय अध्यक्षका आकांक्षी छन् । उनीहरु एमालेमा एकै गुटका भएकाले सम्भावित टकरावलाई पन्छाउन अधिवेशन पर सार्ने रणनीति लिइएको एक नेताले बताएका छन् ।

रावल समर्थक नेताहरुले जिल्ला कमिटीको बैठकमा पेश गरेकाे मागरावल समर्थक नेताहरुले जिल्ला कमिटीको बैठकमा पेश गरेकाे माग

प्रतिक्रिया