Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

११जना बेपत्ता,६ जनाको शब भेटियो

११जना बेपत्ता,६ जनाको शब भेटियो

 

अछाम

मंगलवार राती आएको अबिरल वर्षाले रामारोशन गाउँपालिका– ५ सैनीबजार नै बगाएको छ । बाढीले सैनीबजारमा रहेका १७ जना बेपत्ता बनाएका मध्ये ६ जनाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख योगेन्द्र सिँह थापाले जानकारी दिए । जसमा ३ जनाको परिचय खुलेको छ । ३३ बर्षकि गौरी शाह, ४८ बर्षका चन्द्र साउद र १५वर्षका नविन साउदको शब फेला परेको डिएसपी थापाले बताए । मंगलवार राती १ बजे कैलाश खोलामा आएको बाढीले २२ घरका १७ जनालाई बाढीले बगाएको हो ।

सैनीबजार अहिले बगर बनेको छ । बाढीले एकै घरका सात जनालाई बगाएको छ । स्थानीय नन्दु साउदका ७ जना परिवारलाई बगाएको हो । अहिले उनको छोरा नबिनको मात्र शब भेटिएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार वाढीमा परि वेपत्ता हुनेहरु ४७ बर्षका नन्दु साउद,साउदकी ४५ बर्षिया श्रीमती गंगा साउद, छोरा १७ बर्षको रुपेश साउद, बुहारी जोगा साउद, नातिनी ६ बर्षकि प्राप्ती साउद, साउदकी सासु उनको नाम खुल्न सकेको छैन, सोहि ठाउँकी ६० बर्षकि जोगा साउद, ४० बर्षकी पबित्रा शाह, ३५ बर्षकि सम्झना शाह, ४५ बर्षको अम्मर शाह, ४ बर्षको समिर शाह, ४५ बर्षको वसु साउद, ४५ बर्षकि लालसरा शाही, वर्ष ९ को वसन्त शाही रहेका छन् । राती सुतिरहेको अवस्थामा एक्कासी बाढी आएर बगाएको स्थानीय पुष्प बिष्टले बताए ।

उनले भने ‘दुई दर्जन मानिस बेपत्ता भएको आशका गरेका छौ,बजारमा होटलमा कति थिए भन्ने जानकारी नै छैन,नाम खुलेका जति सबै यहाँका स्थानीयहरु हुन् । अन्यको अवस्थाको बारेमा जानकारी नै छैन ।’ ३ जना घाईतेको स्थानीय स्वास्थ चौकीमा उपचार गरिएको छ । बुधवार दिउसो नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री र उद्धार टोली सैनीबजार पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन्। रामारोशन गाउँपालिकालाई जोड्ने दर्नामा रहेको पक्की पुल समेत भत्किएको छ । बाढी र पहिरोले रामारोशनका सडक,खेतियोग्य जमिन, जलबिधुत आयोजना,कुलो नहरहरु क्षतबिक्षत बनाएको छ ।

प्रतिक्रिया