Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज

रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत २३ र २४ गते बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक लाई खारेज गरिदिएकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको जानकारी अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत दिएकी हुन्।

‘२०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीज्यूहरूसहितको भनिएको नागरिक उन्मुक्ति पार्टीको बैठक आधिकारिक होइन’, उनले मंगलबार भनेकी छन्।फागुन २१ गते एमाले र माओवादीसहितको गठबन्धन बनेपछि नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको कलहले पार्टी विभाजनको संघारमा पुगेको छ। यस्तोमा रेशमले डाकेको बैठकलाई उनकी पत्नीसमेत रहेकी रञ्जिताले खारेज गरिदिएकी हुन्।

पार्टीमा विवाद चुलिँदै गर्दा रेशम र रञ्जिताबीच बोलचालको अवस्थासमेत छैन। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनीहरू अलग अलग बालुवाटार छिरेका थिए। एक अर्को पक्षलाई आरोप–प्रत्यारोप गरिरहँदा सोमबार अनामनगरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा रेशम पक्षका नेताले रञ्जिता पक्षका नेतालाई कुटपिट गरेका थिए।

यसअघि रेशमनिकट मानिएका नाउपा महासचिव गंगाराम चौधरीले पदाधिकारी र केन्द्रीय सदस्यको डाकिएको भन्दै विज्ञप्ति निकालेका थिए। ‘पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा पार्टीको महत्वपूर्ण विषयवस्तुमा छलफल गर्नुपर्ने भएकाले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन...’, महासचिव चौधरीले भनेका थिए। 

उक्त पत्र आएपछि अध्यक्ष रञ्जिताले बैठक नै आधिकारिक नभएको बताएकी हुन्। कैलालीको टीकापुरमा हालै भएको प्रथम महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन।निर्वाचन आयोगले प्रथम महाधिवेशनलाई अवैधानिक घोषणा गर्दै अध्यक्षमा निर्वाचित रेशमको पद खारेज गरेर उक्त पदमा रञ्जितालाई नै फर्काइदिएको छ। त्यसयता पति-पत्नीबीच राजनीतिक मैदानमा घमासान चलिरहेको छ। 

 

प्रतिक्रिया