Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज

रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत २३ र २४ गते बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक लाई खारेज गरिदिएकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको जानकारी अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत दिएकी हुन्।

‘२०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीज्यूहरूसहितको भनिएको नागरिक उन्मुक्ति पार्टीको बैठक आधिकारिक होइन’, उनले मंगलबार भनेकी छन्।फागुन २१ गते एमाले र माओवादीसहितको गठबन्धन बनेपछि नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको कलहले पार्टी विभाजनको संघारमा पुगेको छ। यस्तोमा रेशमले डाकेको बैठकलाई उनकी पत्नीसमेत रहेकी रञ्जिताले खारेज गरिदिएकी हुन्।

पार्टीमा विवाद चुलिँदै गर्दा रेशम र रञ्जिताबीच बोलचालको अवस्थासमेत छैन। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनीहरू अलग अलग बालुवाटार छिरेका थिए। एक अर्को पक्षलाई आरोप–प्रत्यारोप गरिरहँदा सोमबार अनामनगरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा रेशम पक्षका नेताले रञ्जिता पक्षका नेतालाई कुटपिट गरेका थिए।

यसअघि रेशमनिकट मानिएका नाउपा महासचिव गंगाराम चौधरीले पदाधिकारी र केन्द्रीय सदस्यको डाकिएको भन्दै विज्ञप्ति निकालेका थिए। ‘पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा पार्टीको महत्वपूर्ण विषयवस्तुमा छलफल गर्नुपर्ने भएकाले आफ्नो सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन...’, महासचिव चौधरीले भनेका थिए। 

उक्त पत्र आएपछि अध्यक्ष रञ्जिताले बैठक नै आधिकारिक नभएको बताएकी हुन्। कैलालीको टीकापुरमा हालै भएको प्रथम महाधिवेशनलाई निर्वाचन आयोगले वैधानिकता दिएको छैन।निर्वाचन आयोगले प्रथम महाधिवेशनलाई अवैधानिक घोषणा गर्दै अध्यक्षमा निर्वाचित रेशमको पद खारेज गरेर उक्त पदमा रञ्जितालाई नै फर्काइदिएको छ। त्यसयता पति-पत्नीबीच राजनीतिक मैदानमा घमासान चलिरहेको छ। 

 

प्रतिक्रिया

ट्रेन्डिङ