Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न

जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न

जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम शुक्रबार आज साँफेबगरमा सम्पन्न भएको छ । समविकास नेपाल साँफेबगर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । दुई दिने कार्यक्रममा महिलाहरुले आफनो शरिरलाई कसरी स्वास्र्थ राख्ने,आफनो लागी समयको व्यवस्थापन कसरी गर्ने,मानसिक रुपमा हुने तनावलाई कम गर्न कस्ता किसिमका क्रिर्याकलापहरु गर्ने ,आफैलाई खुसी कसरी पार्न सकिन्छ, आफनो सुरक्षा कसरी गर्ने भन्ने लगाएतका विषयमा जानकारी गराईएको थियो ।

समविकास नेपालका संस्थाकापक अध्यक्ष पशुपति कुँवरले महिलाको स्वास्थ्य राम्रा भएमा एउटा घर परिवारको स्वास्थ्य राम्रो हुने भएकाले सबै महिलाहरुले आफनो स्वास्थ्यलाई स्वस्थ राख्र्न आवश्यक रहेको बताउनु भएको छ । समाजको पृर्ति सतात्मक संग्रचनाका कारण अहिलेको समयमा पनि महिलाहरुले खुल्ला रुपमा हास्न र रमाईलो गर्न नपाउने अवस्था रहेकाले यस सोचलाई बदल्नको लागी समविकास नेपालले यो कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भएको छ । विस्वमा घटिरहेका विभिन्न किसिमका घटनाहरुमा पुरुषहरुको भन्दा महिला र बालबालिकाहरुको मृत्यु धेरै हुने गरेकाले यस्ता किसिमका घटनाबाट बच्नको लागी महिलाहरुले आफनो सुरक्षा गर्न त्यस सम्बन्धि शिक्षा आर्जन गर्न पनि जरुरी रहेको कुँवरले बताउनु भयो ।सार्र्थै उहाँले कार्यक्रममा सहभागी महिला अधिकार कर्मी,महिला जनप्रनिधिहरुलाई आफुले सिकेको सिकाई अर्थवा ज्ञानलाई पालिका र समुदायका महिलाहरुलाई सिकाई प्रदान गर्न आग्रह गर्नु भएको थियो । उहाँले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तत्रा दिने प्रतिवद्धर्ता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा सहभागी महिलाहरुको तर्फबाट बान्नीगडी जयगड गाउँपालिकाका उपाअध्यक्ष विन्दु रावलले मन्तव्य राख्नु भएको थियो । यस्तै दुई दिने जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि सुरक्षा र हेरचाह सत्रको समापन कार्यक्रममा नेपाली कांग्रेसका सुदुरपिश्चम प्रदेश कार्य समिति सदस्य अनुराधा स्वार ,बान्नीगडी जयगड गाउँपालिका उपाध्यक्ष विन्दु रावल , ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही , समविकास संस्थाका संस्थापक अध्यक्ष पशुपति कुँवर ,महिला अधिकार कर्मि अप्सरा कुँवर,महिला मानव अधिकार समाजका सचिव सरस्वती नेपाली ,अन्तर पाटी महिला सञ्चाज नगर स्तरिय अध्यक्ष मिना कुँवर लगाएत महिला पत्रकारहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन समविकास नेपालका कार्यक्रम संयोजक मेनका कुँवरले गर्नु भएको थियो । यसैविच नँया वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम पनि आज सम्पन्न भएको छ ।

सम विकास नेपालको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नयाँ वर्षको शुभकामना दिदै संस्थाका उपाध्यक्ष दुधकला विष्टले समविकास नेपालले अहिले सम्म गरिरहेका काम र भावि योजनाका बारेमा छोटकरिमा जानकारी गराउनु भएको थियो । संस्थाका कार्यक्रम संयोजक मेनका कुँवरले सञ्चालन गर्नु भएको कार्यक्रम शुभकामना आदान प्रदान कार्यक्रममा बान्नीगडी जयगड गाउँपालिका उपाध्यक्ष विन्दु रावल , ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही ,नेपाली कांग्रेसका सुदुरपिश्चम प्रदेश कार्य समिति सदस्य अनुराधा स्वार ,समविकास संस्थाका संस्थापक अध्यक्ष पशुपति कुँवर ,महिला अधिकार कर्मि अप्सरा कुँवर ,साँफबगर नगरपालिका वडा द्ध का वडा सदस्य केवल सिहं आउजि ,महिला मानव अधिकार समाजका सचिव सरस्वती नेपाली ,अन्तर पाटी महिला सञ्चाज नगर स्तरिय का अध्यक्ष मिना कुँवर लगाएत सुरक्षा कर्मि ,पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया