Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित

इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित

इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटी दोसल्ला, सम्मानपत्र र नगद रकमसहित सम्मानित भएका छन्।

इम्प्याक्ट नेपालले आज आफ्नो २८ औं वार्षिक साधारण सभामा प्रशासन क्षेत्रको उत्कृष्ट कर्मचारीको रूपमा  प्रोजेक्ट अधिकृत राम बहादुर बोगटीलाई सम्मान गरेको हो। विभिन्न समाजिक संघसंस्था र समाजसेवामा आबद्ध बोगटी विगत ५ बर्षदेखी इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया शाखामा २ वर्ष लेखापाल हुँदै हाल प्रोजेक्ट अधिकृतका रुपमा कार्यरत छन्।

काठमाडौंको धुम्बाराहीस्थित रोयल छाप्रो रेस्ट्रो एन्ड इभेन्टमा सम्पन्न उक्त साधारणसभामा कानको घुम्ती शल्यक्रिया शिबिरमा योगदान पुर्याउनु हुने त्रिभुवन शिक्षण अस्पताल काठमाडौका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. हिमपाली दत्त, इम्प्याक्ट नेपाल रुङटा वेलफेयर कान उपचार केन्द्रका कान सहायक आयुश बर्मा र इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, राजबिराजका अडियोमेट्रीसियन नरेश कुमार यादव पनि नगद रकमसहित, दोसल्ला र सम्मानपत्रबाट सम्मानित भएका छन्।

बि.स २०५० सालमा समाजसेबी  डा. लक्ष्मिनारायण श्रीवास्तब सस्थापक अध्यक्ष रहि स्थापना गरिएको यस संस्थाले अपांगता रोकथाममा समर्पित रहि काम गर्नुका साथै देशका विभिन्न क्षेत्रमा कान उपचार केन्द्रहरु संचालन गर्दै, सुरक्षीत मातृत्व कार्यक्रम, शुद्द पिउने पानी, किचेन गार्डेन, धुवारहित चुलो, स्वास्थ्य सम्बन्धि तालिम तथा विभिन्न जिबिकोपार्जन सम्बन्धि तालिमसमेत सन्चालन गर्दै आइरहेको छ । यस संस्थाका अध्यक्ष प्रा. डा. राकेश श्रीवास्तब अध्यक्षतामा र विश्व स्वास्थ्य संगठनका पुर्व सल्लाहकार तथा बरिस्ठ समाजसेवी प्रा. डा. मदन प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभा देशभरका शाखाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सुदूरपश्चिममा हाल अत्तरिया र महेन्द्रनगर गरी दुईवटा कान उपचार केन्द्र संचालनमा रहेका छन् ।

प्रतिक्रिया