Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित

इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित

इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटी दोसल्ला, सम्मानपत्र र नगद रकमसहित सम्मानित भएका छन्।

इम्प्याक्ट नेपालले आज आफ्नो २८ औं वार्षिक साधारण सभामा प्रशासन क्षेत्रको उत्कृष्ट कर्मचारीको रूपमा  प्रोजेक्ट अधिकृत राम बहादुर बोगटीलाई सम्मान गरेको हो। विभिन्न समाजिक संघसंस्था र समाजसेवामा आबद्ध बोगटी विगत ५ बर्षदेखी इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया शाखामा २ वर्ष लेखापाल हुँदै हाल प्रोजेक्ट अधिकृतका रुपमा कार्यरत छन्।

काठमाडौंको धुम्बाराहीस्थित रोयल छाप्रो रेस्ट्रो एन्ड इभेन्टमा सम्पन्न उक्त साधारणसभामा कानको घुम्ती शल्यक्रिया शिबिरमा योगदान पुर्याउनु हुने त्रिभुवन शिक्षण अस्पताल काठमाडौका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. हिमपाली दत्त, इम्प्याक्ट नेपाल रुङटा वेलफेयर कान उपचार केन्द्रका कान सहायक आयुश बर्मा र इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, राजबिराजका अडियोमेट्रीसियन नरेश कुमार यादव पनि नगद रकमसहित, दोसल्ला र सम्मानपत्रबाट सम्मानित भएका छन्।

बि.स २०५० सालमा समाजसेबी  डा. लक्ष्मिनारायण श्रीवास्तब सस्थापक अध्यक्ष रहि स्थापना गरिएको यस संस्थाले अपांगता रोकथाममा समर्पित रहि काम गर्नुका साथै देशका विभिन्न क्षेत्रमा कान उपचार केन्द्रहरु संचालन गर्दै, सुरक्षीत मातृत्व कार्यक्रम, शुद्द पिउने पानी, किचेन गार्डेन, धुवारहित चुलो, स्वास्थ्य सम्बन्धि तालिम तथा विभिन्न जिबिकोपार्जन सम्बन्धि तालिमसमेत सन्चालन गर्दै आइरहेको छ । यस संस्थाका अध्यक्ष प्रा. डा. राकेश श्रीवास्तब अध्यक्षतामा र विश्व स्वास्थ्य संगठनका पुर्व सल्लाहकार तथा बरिस्ठ समाजसेवी प्रा. डा. मदन प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभा देशभरका शाखाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सुदूरपश्चिममा हाल अत्तरिया र महेन्द्रनगर गरी दुईवटा कान उपचार केन्द्र संचालनमा रहेका छन् ।

प्रतिक्रिया