ताजा अपडेट
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
अछाम जिल्लाको चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदको सभा अध्यक्षतामा भएको चौरपाटि गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौ अधिवेशनले अगामि आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
निति तथा कार्यक्रममा मुख्यतः स्थानिय उत्पालनलाई जोड दिने, सामाजिक विकास तर्फ शिक्षा, संस्कृति को संरक्षण एवम् प्रबद्धन, विदेश हैन विजनेस सहितका यूवा उद्यमशिलता, लैङ्गिक समानता र सामाजिक समावेशिकरण, जेष्ठ नागरीकलाई सम्मान कार्यक्रम, स्वास्थ्यको क्षेत्रमा उपचार सहित निशुल्क एम्बुलेन्स को सेवा, आर्थिक विकास, अद्यौगिक तथा पर्यटन प्रबद्धन, खानेपानि तथा सरसफाई, युवा खेलकुद, कृषितर्फ रैथाने बालीहरुको बिउँ संरक्षण, खेति विस्तार र बजारीकरण, सुचना मैत्रि गाउँपालिकाको अवधारणा, सुशासन र सार्वजनिक सेवा प्रवाह, वातावरण, जलवायु परिर्वतन तथा बिपद् व्यवस्थापन, भौतिक पुर्वाधार विकास, राजश्व तथा आन्तिरीक श्रोत परिचालन लगाएतका बिषयलाई समेटिएको छ ।
सोह्र पृष्ठ मा समेटिएको निति तथा कार्यक्रम चौरपाटि गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष हिउकर्ण खड्काले गरेका थिए ।
हेर्नुस पूर्णपाठ
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया