Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन, एक सातामा नयाँ निष्कर्ष निक्लिन्छ-प्रचण्ड

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिन पर्दैन, एक सातामा नयाँ निष्कर्ष निक्लिन्छ-प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन नपर्ने बताएका छन्।

एपी-वान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनमा हुने बताएका हुन्।

उनले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताए।

विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ।

'सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन,' उनले भने, 'कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।'

कोरोना महामारीका कारण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको पनि उनले बताए।

मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ।

प्रचण्डले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा पनि समझदारी बन्ने उनले बताए।

'एमसिसी पनि समझदारी बन्नेमा गयो भन्दा हुन्छ। यसबारे कार्यदलले एउटा रिपोर्ट पेश गरिसकेको छ,' उनले भने, 'यसलाई जस्ताको तस्तै स्विकार्नु पर्छ भन्ने र स्विकार्नै हुन्न भन्नेहरू पार्टीमा निकै कम छन्। सम्भव भएजति परिमार्जन गर्दा नै हुन्छ भन्ने मत बलियो छ।'

बाहिर हेर्दा प्रचण्ड आफ्नो खोजीमा छ जस्तो देखिए पनि आफूले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन बलियो बनाउन लागेको उनको दावी छ।

'विभाजित पार्टीबाट सफल कम्युनिस्ट आन्दोलन निर्माण गर्ने आर्किटेक्चर बनेको छु। मैले पार्टीलाई दुई तिहाई बहुमतनजिक पुर्‍याएको जस्तो लाग्छ,' उनले भने, 'मलाई मेरा समर्थक, शुभचिन्तक, आफन्त र साथीभाइले कमजोर भएको हो कि भन्छन्। तर म निराश छैन। किनकि म शक्तिशाली पार्टीको अध्यक्ष छु।'

प्रतिक्रिया