Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु

साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु

अछामको साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन भएको छ । गोष्ठिको उद्देश्यबारे साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढाले जानकारी गराउनु भएको थियो ।

दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना गोष्ठी कार्यक्रमको उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख प्रमुख राजेन्द्र बहादुर कँुवरले विशेष गरी स्वास्थ्य कर्मिहरु आम जनताको प्राण संग प्रत्यक्ष जोडिएका कारण आफ्नो जिम्मेवारी प्रति गम्भिर बन्नुपर्ने बताउनु भयो । त्यस्तै नगर प्रमुख प्रमुख कँुवरले नेपाल सरकारले निःशुल्क वितरण गरीरहेको खोपको मुल्य अधिकतम हुने र त्यसको सहि सदुपयोग हुनुपर्ने बताउनु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कँुवरको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शिव बहादुर कुँवर १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य प्रमुख, १४ वटै वडाका स्वास्थ्य प्रमुख लगायतको सहभागिता रहेको थियो । गोष्ठीमा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्षमण नाथ योगिले गर्नुभएको थियो ।
 

प्रतिक्रिया