Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न

सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न

अछामको साँफेबगर नगरपालिकामा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको  उद्देश्यबारे स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले जानकारी गराउनु भएको थियो ।

शुक्रबार साँफेबगर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख प्रमुख राजेन्द्र बहादुर कुँवरले खोप हरेक बालबालिकाको नैसर्गिक अधिकार भएकाले नगर भित्रका सम्पुर्ण बालबालिकाले खोप बाट बन्चित नहुनका लागि पालिका स्तरीय खोप समन्वय समितीले लागिपर्नु पर्ने बताउनु भयो । त्यस्तै नगर प्रमुख प्रमुख कुँवरले विशेष गरी स्वास्थ्य कर्मिहरु आम जनताको प्राण संग प्रत्यक्ष जोडिएका कारण आफ्नो जिम्मेवारी प्रति गम्भिर बन्नुपर्ने बताउनु भयो । त्यस्तै नगर प्रमुख प्रमुख कँुवरले नेपाल सरकारले निःशुल्क वितरण गरीरहेको खोपको मुल्य अधिकतम हुने र त्यसको सहि सदुपयोग हुनुपर्ने बताउनु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शिव बहादुर कुँवर १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा लगायतको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्षमण नाथ योगिले गर्नुभएको थियो ।

प्रतिक्रिया