Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ र ४ स्थित बुढिगंगा नदिमा नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा तथा जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. द्धढ गुल्म हे.क्वा., जिल्ला विपद् व्यवस्थापन कार्यालय, जिल्ला अस्पताल, न्याय हेल्थ अस्पताल बयालपाटा, नेपाल रेडक्रस सोसाईटी अछाम शाखा,  स्थानिय निकाय तथा अन्य सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त रुपमा शुक्रबार डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको थियो । 

नेपालमा मनसुनको समयमा हुने भारी वर्षाको कारण पहाडी भू–भागहरुमा बाढी तथा पहिरो गई जनधनको क्षती तथा हुन सक्ने बाढी, डुबान एवं पहिरो जस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुलाई तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा सम्पन्न गर्नुका साथै खबर संकलन, योजना तर्जुमा, फौजको तैनाथी, प्राप्त श्रोत र साधनको समुचित व्यवस्थापन तथा सम्बन्धित सरोकारवाला निकायहरुसंग समन्वय गर्न र जिम्मेवारी क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक अवस्था र सैनिक दृष्टिकोणले महत्वपूर्ण अन्य विवरणहरु संकलन कार्य तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई आ–आफ्नो कार्य दृष्टिगत गराउने उद्देश्यले यो डेमोस्ट्रेशन संचालन गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल प्रमुख अतिथी रहेको डेमोस्ट्रेशन कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख ललित कुंवर, श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिल्वाल, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष पाठक, सशस्त्र प्रहरी बल,  नेपाल नं. द्धढ गुल्म हे.क्वा. अछामका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी, राष्ट्रिय अनुसन्धान कार्यालय अछाम जिल्लाका प्रमुख दिल बहादुर चौधरी, साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो । 

NCC Alumni Cadet  शान्ति के.सि., गरिमा के.सि.को सहभागितामा खोचमा परेको व्यक्तिलाई High Line Rescue  वेश तयार गरी तालिम प्राप्त ब्यक्तिबाटMountaineering Equipment  हरुको प्रयोग गरी उद्धारको डेमोस्ट्रेशन, Australian Rappelling को सहायताले खोलाले बगाईरहेको व्यक्तिको उद्धार, रेड क्रसबाट प्राथमिक उपचार High Line Base  बाट सुरक्षित स्थानसम्म पुर्‍याउने कार्य थप उपचारको लागि अस्पताल लैजाने कार्यको डेमोस्ट्रेशन, पहिरोमा परेका व्यक्ति तथा सामाग्रीहरुको उद्धार, उपचार, राहात वितरण र Upper Water Rope bridge  को सहायताले खोला पार गरी थप उपचारको लागि वयालपाटा अस्पताल लैजाने कार्यको डेमोस्ट्रेशन, Rubber Boot तथा Improvised Boot को प्रयोग गरी खोलाले बगाईरहेको व्यक्तिको उद्धार, रेड क्रसबाट प्राथमिक उपचार थप उपचारको लागि बयालपाटा अस्पताल लैजाने कार्यको डेमोस्ट्रेशन र अन्तमा सहभागिहरुबाट झण्डा प्रदर्शन गरीएको थियो । भने डेमोस्ट्रेशन कार्यक्रमको संचालन श्री गोरख बक्स गणका सहसेनानी ज्ञानेन्द्र कुँवरले गर्नुभएको थियो ।

प्रतिक्रिया