Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

ठाँउ सुनिश्चित र निर्णय नभएर जडान रोकिएको साँफेबजारमा सि.सि. टिभि क्यामेरा जडान कार्य सुरु हुने

ठाँउ सुनिश्चित र निर्णय नभएर जडान रोकिएको साँफेबजारमा सि.सि. टिभि क्यामेरा जडान कार्य सुरु हुने

साँफेबगर नगरपालिकाको साँफेबजार क्षेत्रमा जडान गरीने भनिएको सि.सि. टिभि क्यामेरा आजबाट जडान हुनेभएको छ । आ.ब. २०७८/०७९ मा दुई पटक टेण्डर आव्हान गर्दा पनि मापदण्ड नपुगि रद्द भएपश्चात २०७९ असारमा कोटेसन मार्फत हिकभिजन कम्पनिको नाईटभिजन (Hikvision DS-2DE4215IW-DE (E) 2MP 15× Network PTZ IR Speed Dome) सिसि टिभि क्यामेरा खरीद गरीएको थियो । 

साँफेबगर नगरपालिकाका अनुसार खरिद रकम ८,५०,००० (अक्षेरुपि आठ लाख पचास हजार मात्र) राखि जोड्ने कार्यको ज्याला भुक्तानि खरिद रकम बाहेक गर्ने निर्णय भएपनि विविध कारणले सिसिटिभि जडान कार्यमा ढिलासुस्ति भएको बताएको छ । आज साँफेबगर नगरपालिकामा बसेको सरोकारबालाहरुको छलफलले साँफेबगर नगरपालिकाका दुबै बजार हाटबजार र एयरपोर्ट बजारको अवलोकन गरी निश्चित पोईन्ट तोकेर सि.सि. टिभि क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

आज भएको निर्णय अनुसार साँफेबगर नगरपालिका ३ हाटबजारको बैद्यनाथ प्रवेशद्धार, प्रभालि गाडमा रहेको पक्किपुल नजिक, जिरो पोईन्ट र मंगलसेन, बाजुरा छुटट्टीने सडक बुढिगंगा पक्किपुल र साँफेबगर नगरपालिका ४ एयरपोर्ट बजारको जनकल्याण मा.बि., महालक्ष्मि विकास बैंकको अघाडि सडक छेउ, छिपेखोला बाईपास चोक आसपास, छिपेखोला पक्कीपुल जाने मोड क्षेत्र गरी गरी ८ ठाउँमा सि.सि. टिभि क्यामेरा जडान गर्ने निर्णय गरेको छ । 

आफुलाई अघिल्लो कार्यकालको निर्णय बारे जानकारी नहुँदा काम ढिलोसुस्ती भएपनी संभवत आजै बाट सि.सि. टिभि क्यामेरा जडानको काम सुरु गरीने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताउनु भयो । नियमसंगत भएका कामको भुक्तानि दिने बाहेक पोल पोलमा गएर जडान पोईन्ट निश्चित गरी सि.सि. टिभि क्यामेरा जडान गर्न आफ्नो एकल निर्णयले सम्भब नहुने र त्यसका लागि जनप्रतिनिधि प्रहरी प्रशासन लगाएतको भुमिका र सहमति अनुरुप हुनुपर्ने साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्माले बताउनु भयो । 

छलफल र पोईन्ट निश्चित गर्ने कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, नगर उपप्रमुख शिव बहादुर कुँवर (शिलोज), साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्मा, ईलाका प्रहरी साँफेबगरका प्रप्रहरी निरीक्षक खगेन्द्र साउँद, जिल्ला ट्राफिक कार्यालय अछामका प्रहरी सहायक निरीक्षक मदन बहादुर बिष्ट, साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज बुढा लगायत टेक्निसियन टोलि लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया