Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

ठाँउ सुनिश्चित र निर्णय नभएर जडान रोकिएको साँफेबजारमा सि.सि. टिभि क्यामेरा जडान कार्य सुरु हुने

ठाँउ सुनिश्चित र निर्णय नभएर जडान रोकिएको साँफेबजारमा सि.सि. टिभि क्यामेरा जडान कार्य सुरु हुने

साँफेबगर नगरपालिकाको साँफेबजार क्षेत्रमा जडान गरीने भनिएको सि.सि. टिभि क्यामेरा आजबाट जडान हुनेभएको छ । आ.ब. २०७८/०७९ मा दुई पटक टेण्डर आव्हान गर्दा पनि मापदण्ड नपुगि रद्द भएपश्चात २०७९ असारमा कोटेसन मार्फत हिकभिजन कम्पनिको नाईटभिजन (Hikvision DS-2DE4215IW-DE (E) 2MP 15× Network PTZ IR Speed Dome) सिसि टिभि क्यामेरा खरीद गरीएको थियो । 

साँफेबगर नगरपालिकाका अनुसार खरिद रकम ८,५०,००० (अक्षेरुपि आठ लाख पचास हजार मात्र) राखि जोड्ने कार्यको ज्याला भुक्तानि खरिद रकम बाहेक गर्ने निर्णय भएपनि विविध कारणले सिसिटिभि जडान कार्यमा ढिलासुस्ति भएको बताएको छ । आज साँफेबगर नगरपालिकामा बसेको सरोकारबालाहरुको छलफलले साँफेबगर नगरपालिकाका दुबै बजार हाटबजार र एयरपोर्ट बजारको अवलोकन गरी निश्चित पोईन्ट तोकेर सि.सि. टिभि क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

आज भएको निर्णय अनुसार साँफेबगर नगरपालिका ३ हाटबजारको बैद्यनाथ प्रवेशद्धार, प्रभालि गाडमा रहेको पक्किपुल नजिक, जिरो पोईन्ट र मंगलसेन, बाजुरा छुटट्टीने सडक बुढिगंगा पक्किपुल र साँफेबगर नगरपालिका ४ एयरपोर्ट बजारको जनकल्याण मा.बि., महालक्ष्मि विकास बैंकको अघाडि सडक छेउ, छिपेखोला बाईपास चोक आसपास, छिपेखोला पक्कीपुल जाने मोड क्षेत्र गरी गरी ८ ठाउँमा सि.सि. टिभि क्यामेरा जडान गर्ने निर्णय गरेको छ । 

आफुलाई अघिल्लो कार्यकालको निर्णय बारे जानकारी नहुँदा काम ढिलोसुस्ती भएपनी संभवत आजै बाट सि.सि. टिभि क्यामेरा जडानको काम सुरु गरीने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताउनु भयो । नियमसंगत भएका कामको भुक्तानि दिने बाहेक पोल पोलमा गएर जडान पोईन्ट निश्चित गरी सि.सि. टिभि क्यामेरा जडान गर्न आफ्नो एकल निर्णयले सम्भब नहुने र त्यसका लागि जनप्रतिनिधि प्रहरी प्रशासन लगाएतको भुमिका र सहमति अनुरुप हुनुपर्ने साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्माले बताउनु भयो । 

छलफल र पोईन्ट निश्चित गर्ने कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, नगर उपप्रमुख शिव बहादुर कुँवर (शिलोज), साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्मा, ईलाका प्रहरी साँफेबगरका प्रप्रहरी निरीक्षक खगेन्द्र साउँद, जिल्ला ट्राफिक कार्यालय अछामका प्रहरी सहायक निरीक्षक मदन बहादुर बिष्ट, साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज बुढा लगायत टेक्निसियन टोलि लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया