ताजा अपडेट
बयालपाटा अस्पताललाई बजेट सुनिश्चित गर्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
अछामको बयालपाटा अस्पतालका लागि बजेट सुनिश्चित गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
अछामबाट निर्वाचित प्रदेश सांसद मेघराज खड्का, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर, न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दिक्षित, निवर्तमान प्रदेश सांसद गोविन्द बहादुर कुँवर लगायत सरोकारवाला व्यक्तिहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा चालु आर्थिक वर्षमा अस्पताललाई अत्यावश्यक ९ करोड रुपैयाँ प्रदान गर्न र आगामी आर्थिक वर्षहरुमा लागत साझेदारी अनुसार वार्षिक १५ करोड रुपैयाँ अनुदान बजेट उपलब्ध गराइदिन माग गरिएको छ ।
साथै बजेट वक्तव्यमा स्पष्ट रुपमा उल्लेख गर्नुका साथै अन्य चाहिने कानूनी प्रावधानको समुचित व्यवस्था गर्न समेत ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
बयालपाटा अस्पतालमा लागि बजेट सुनिश्चित गर्न मुख्यमन्त्री सोडारी सकारात्मक रहेको नगरप्रमुख कुँवरले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया