Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, सात मन्त्री थपिए

सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, सात मन्त्री थपिए

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन् । 

सोडारीले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट ३/३ जना, एक जना एकीकृत समाजवादीका सांसदलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै उनले एमालेका वीरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा।तारा जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारीमा थिए । तर उनले मन्त्री पद अस्वीकार गरेको स्रोतले बताएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले एक कार्यक्रमबिच सातै जनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सुदूरपश्चिममा  यसअघि  नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री र टीका थापालाई भूमि व्यवस्था कृषि सहकारी मन्त्रीमा नियुक्त भैसकेका छन् ।

योसँगै सुदूरपश्चिममा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या १० पुगेको छ ।

प्रतिक्रिया