ताजा अपडेट
बझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्युु
बझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । सोमबार बिहान सेती नदीस्थित नेपाली सेनाको बिरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद्का बेला हुने उद्दारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्युु भएको हो ।मृत्युु हुुनेमा केदास्यु गाउँपालिका(७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन।
धामी सशस्त्र प्रहरीको अनआश्रीत गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्दार सम्बन्धि नमूना अभ्यास गराइरेको थियो ।
सोही क्रममा बेहोस् भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० भरत शाहले जानकारी दिए । धामीको मृत्युुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया