Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

साँफेबगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

अछामको साँफेबगर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले साँफेबगरलाई निश्चित इन्डिकेटरका आधारमा पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नुभएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा नगरपालिकाले पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पुरा गरी १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप पाएकोले नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा हो ।

स्वास्थ्य शाखाले दिगोपना र पूणर् खोप सुनिश्चितताका लागि साँफेबगर नगरपालिकाको सवै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरी वडा र पालिकाको पुर्ण खोप सुनिश्चितता गरिएको हो । साँफेबगर नगरपालिकामा पुर्ण खोप सुरक्षित भविस्य, स्थानिय श्रोतको उपयोग स्वमित्व र सहभागीता पुर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो ।

पुणर् खोप वडा/पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले घोषणाकै लागि घोषणा गरेर उपलब्धी नहुने बताउँदै आफुहरुले गरेको घोषणामा पुर्ण प्रतिबद्ध रहेको र साँफेबगर नगरपालिकामा खोप नलिएको कोहिपनि बालबालिका नरहेको जानकारी दिनुभयो ।

त्यसैगरी पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमलाई सम्बोधन साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पुर्णखोपलाई निरन्तर रुपमा सम्पन्न र सफल गर्नको लागी स्वास्थ्य कर्मी, स्थानीय वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै धन्यवाद प्रकट गर्नुभयो । उहाँले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएपनि आगामी दिनमा नयाँ जन्मेका बालबालिकाहरुको खोजी गरि पुर्ण खोप दिन दत्तचित भएर लाग्न आग्रह गर्नु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगाना, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्मा, बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर मन्दिप पाठक, प्रमुख ईलाका प्रहरी साँफेबगरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँद, साँफेबगर नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा स्वास्थ्य चौकिका ईन्चार्ज, स्वास्थ्यकर्मी लगाएत को आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया