Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

साँफेबगर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

अछामको साँफेबगर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले साँफेबगरलाई निश्चित इन्डिकेटरका आधारमा पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नुभएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा नगरपालिकाले पुर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पुरा गरी १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप पाएकोले नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा हो ।

स्वास्थ्य शाखाले दिगोपना र पूणर् खोप सुनिश्चितताका लागि साँफेबगर नगरपालिकाको सवै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरी वडा र पालिकाको पुर्ण खोप सुनिश्चितता गरिएको हो । साँफेबगर नगरपालिकामा पुर्ण खोप सुरक्षित भविस्य, स्थानिय श्रोतको उपयोग स्वमित्व र सहभागीता पुर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो ।

पुणर् खोप वडा/पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले घोषणाकै लागि घोषणा गरेर उपलब्धी नहुने बताउँदै आफुहरुले गरेको घोषणामा पुर्ण प्रतिबद्ध रहेको र साँफेबगर नगरपालिकामा खोप नलिएको कोहिपनि बालबालिका नरहेको जानकारी दिनुभयो ।

त्यसैगरी पुर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रमलाई सम्बोधन साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पुर्णखोपलाई निरन्तर रुपमा सम्पन्न र सफल गर्नको लागी स्वास्थ्य कर्मी, स्थानीय वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै धन्यवाद प्रकट गर्नुभयो । उहाँले पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएपनि आगामी दिनमा नयाँ जन्मेका बालबालिकाहरुको खोजी गरि पुर्ण खोप दिन दत्तचित भएर लाग्न आग्रह गर्नु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगाना, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्मा, बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर मन्दिप पाठक, प्रमुख ईलाका प्रहरी साँफेबगरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँद, साँफेबगर नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा स्वास्थ्य चौकिका ईन्चार्ज, स्वास्थ्यकर्मी लगाएत को आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया