Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

नयाँ शहर आयोजना समन्वय कार्यालय द्धारा साँफेबगरमा योजनाहरुको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पपन्न

नयाँ शहर आयोजना समन्वय कार्यालय द्धारा साँफेबगरमा योजनाहरुको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पपन्न

नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौ द्धारा नयाँ शहर आयोजना कार्यालय साँफेबगर द्धारा संचालित आयोजनाहरुको अनुगमन गरी अन्तरक्रिया कार्यक्रम सम्पपन्न भएको छ । नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका आयोजना निर्देशक एकराज अधिकारी सहितको टोलिले बुधबार शहर आयोजना कार्यालय साँफेबगर द्धारा संचालित योजना हरुको अनुगमन गरेर शहर आयोजना कार्यालय साँफेबगर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 

अन्तरक्रिया कार्यक्रममा शहरी विकासका निवर्तमान अध्यक्ष मोहन कुँवरले नयाँ शहर आयोजना कार्यालय साँफेबगरका आयोजनाहरु समयमै सम्पन्न नहुनु र सम्पन्न भएका केहि योजनाहरु गुणस्तरहिन हुनु दुखद कुरा भएको बताउनु भयो । कार्यालयमा कर्मचारी नहुनु कर्मचारी खटाईए पनि एक दुई महिनामै सरुवा हुनुले समयमा काम सम्पन्न नहुने र स्थानिय बासीले चासो नराख्नाले कामको गुणस्तरमा निर्माण व्यवसायीले ध्यान नदिने कुरा पनि कुँवरले बताउनु भयो । निवर्तमान अध्यक्ष मोहन कुँवर नगर बिकास समिती को बबैठक नबस्नुले पनि सहजीकरण गर्न अप्ठ्यारो परेको र पटक पटक बैठक बसेको भय मालपोत,नापी कार्यालय सँग पनि काम गर्न सजिलो हुँने बताउनु भयो । 

नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका आयोजना निर्देशक एकराज अधिकारीले नयाँ शहर कार्यालयले बाटा सडक भन्दापनि बस्ति बनाउने गरेको र सोहि अनुरुप शहर आयोजना कार्यालय साँफेबगरमा ल्याण्ड पुलिङको काम सुरु गरेको बताउनु भयो । लामो समय देखि ढिलासुस्ति भैरहेको साँफेबगरमा ल्याण्ड पुलिङको काम चाँडै सम्पन्न हुने बताउनु भयो । केहि चाहिने भन्दा बाहेक अबदेखि नयाँ शहर आयोजना कार्यालयले डि.पि.आरको काम कन्सन्टेल्सि मार्फत नगर्ने बरु आफ्नै दक्ष जनशक्ति खटाईने बताउनु भयो ।

निर्देशक अधिकारीले निर्माण व्यवसायीहरुलाई आयोनाको गुणस्तरमा ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले हामि सबै नेपालका नागरीक भएका कारण बनेको संरचनाको उपभोग सबैले गर्नुपर्ने भएकाले निर्माणको न्यूनतम मापदण्ड पालना गर्नुपर्ने बताउनु भयो । निर्माणाधिन योजना गुणस्तरीए भएमात्र सुदूरपश्चिम सुन्दरपश्चिम हुने उहाँले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुभएका साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले साँफेबगर नगरपालिकामा नयाँ शहर योजनाका क्रमागत योजनाहरु मध्य केहि  योजनाहरुले यो बर्ष निरन्तरता नपाएको बताउनुभयो । नयाँ शहर कार्यालय साँफेबगर संग आवश्यक समन्वय गरेर विकास निर्माणको कार्यमा हातेमालो गर्न साँफेबगर नगरपालिका सधैं तयार भएको पनि नगरप्रमुख कुँवरले बताउनु भयो । नगरप्रमुख कुँवरले  बजेट सिलिङ अनुसारको बजेट नआउँदा नगरमा हुनुपर्ने जति विकास नभएको बताउनु भयो । 

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रममा नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका आयोजना निर्देशक एकराज अधिकारी, नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका सि.डि.ई. गणेश महर्जन, नयाँ शहर आयोजना कार्यालय साँफेबगरका कार्यालय प्रमुख मन बहादुर परियार, शहरी विकासका निवर्तमान अध्यक्ष मोहन कुँवर, साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नबराज बुढा, समाजसेवि रुपा आउजि, मान बहादुर कुँवर लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया