Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ । शुक्रवार बसेको नगरसभाको तेर्हौं अधिवेशनमा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत  गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको छ ।  नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उपप्रमुख कुँवरले पशुपक्षी तर्फ दुध मासु र अण्डामा आत्मनिर्भर गर्ने भनी लिएको नीति तथा लक्ष्य अनुसार यस नगरपालिकालाई पनि आत्मनिर्भर बनाउन पशुपालन व्यवसाय संचालन गर्न युवा जनशक्तिलाई प्रोत्साहन गरी युवा लक्षित कार्यक्रमलाई (भैसीपालन, बाख्रापालन, कुखुरापालन)मा जोड दिइने, विश्वकै सानो र दुर्लभ अछामी नौमुठे गाईको संरक्षण, सम्बर्धन, प्रबर्द्धन गरी उत्पादन र उत्पादकत्वमा विशेष जोड दिइने, पशु उपचार तथा पशु स्वास्थ शिविर सचालन गरिने सेवा संचालन गरिने बताए । पर्यटन,सस्कृति तथा साहित्य तर्फ नगरभित्रका लोकसंस्कृति, रितिरिवाज, रहनसहन परम्परा र पञ्चैबाजाको संरक्षण र सम्बर्धन गरिने, पहलमान सिँह स्वारको सम्झनामा साहित्य कार्यक्रम संचालन गरिने,बयालपाटा अस्पतालको लागि साँफेबगरमा भएका घटनाको स्मरण किताब प्रकाशन गरिने,पर्यटन संस्कृति तथा साहित्य मञ्च गठन गरिने, सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा सञ्चालन गर्न उनीसैन देखि सहस्रलिंग सम्म केबुलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न पहल गरिने उल्लेख छ ।  

छाउगोठ व्यवस्थापन तथा घर फर्क अभियान सञ्चालन गरिने,पाठेघर खस्ने सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्ने,कुरिति,कुप्रथा र लैगिक विभेद विरुद्ध कार्यक्रम सचालन ,लागुपदार्थ दुव्र्यशनि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सचालन गरिने, सुरक्षित गर्भपतन सेवा र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिईने , मानव बेचबिखन तथा ओसार पसारमा परेका  पिडित लाई सुरक्षा तथा व्यवस्थापन नीति नगरपालिकाले लिएको छ । 

साँफेवगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको  कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्मा, नगर कार्यपालीकाका सदस्य , १४ वटै वडाका वडा अध्यक्ष ,वडा सदस्य, पत्रकार लगाएतको सहभागीता रहेएको थियो ।

प्रतिक्रिया