Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २४ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा पूर्ण बहुमतले पारीत भएको छ । आईतबार बसेको नगरसभाको तेर्हौं अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत गरेको हो । नगरसभामा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत  गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको बताएका थिए ।  नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको थियो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उपप्रमुख कुँवरले पशुपक्षी तर्फ दुध मासु र अण्डामा आत्मनिर्भर गर्ने भनी लिएको नीति तथा लक्ष्य अनुसार यस नगरपालिकालाई पनि आत्मनिर्भर बनाउन पशुपालन व्यवसाय संचालन गर्न युवा जनशक्तिलाई प्रोत्साहन गरी युवा लक्षित कार्यक्रमलाई (भैसीपालन, बाख्रापालन, कुखुरापालन)मा जोड दिइने, विश्वकै सानो र दुर्लभ अछामी नौमुठे गाईको संरक्षण, सम्बर्धन, प्रबर्द्धन गरी उत्पादन र उत्पादकत्वमा विशेष जोड दिइने, पशु उपचार तथा पशु स्वास्थ शिविर सचालन गरिने सेवा संचालन गरिने बताएका थिए । पर्यटन,सस्कृति तथा साहित्य तर्फ नगरभित्रका लोकसंस्कृति, रितिरिवाज, रहनसहन परम्परा र पञ्चैबाजाको संरक्षण र सम्बर्धन गरिने, पहलमान सिँह स्वारको सम्झनामा साहित्य कार्यक्रम संचालन गरिने, बयालपाटा अस्पतालको लागि साँफेबगरमा भएका घटनाको स्मरण किताब प्रकाशन गरिने, पर्यटन संस्कृति तथा साहित्य मञ्च गठन गरिने, सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा सञ्चालन गर्न उनीसैन देखि सहस्रलिंग सम्म केबुलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न पहल गरिने उल्लेख गरीएको थियो  ।  

छाउगोठ व्यवस्थापन तथा घर फर्क अभियान सञ्चालन गरिने,पाठेघर खस्ने सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्ने,कुरिति,कुप्रथा र लैगिक विभेद विरुद्ध कार्यक्रम सचालन ,लागुपदार्थ दुव्र्यशनि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सचालन गरिने, सुरक्षित गर्भपतन सेवा र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिईने , मानव बेचबिखन तथा ओसार पसारमा परेका  पिडित लाई सुरक्षा तथा व्यवस्थापन नीति नगरपालिकाले लिएको बताईएको थियो । 

नगरसभाको तेर्हौं अधिवेशनको दोस्रो बैठकका सभा अध्यक्ष राजेन्द्र बहादुर कुँवरले निती तथा कार्यक्रम माथि बोल्न चाहने नौ जना नगरसभा सदस्यहरुलाई बोल्ने समय प्रदान गरीसकेपछि निती तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिन साँफेवगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरलाई समय दिएका थिए । नगर उप प्रमुख शिव बहादुर कुँवरले सबै प्रश्नका जवाफ दिईसकेपछि निती तथा कार्यक्रम नगरसभामा पारीतका लागी प्रस्तुत भएको सबै नगर सभा सदस्यहरुबाट पूर्ण बहुमतले पारीत भएको थियो ।

साँफेवगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको  कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्मा, नगर कार्यपालीकाका सदस्य , १४ वटै वडाका वडा अध्यक्ष ,वडा सदस्य, पत्रकार लगाएतको सहभागीता थियो ।

प्रतिक्रिया