Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

साँफेबगर नगरपालिका द्धारा २०८१/८२ को बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत

साँफेबगर नगरपालिका द्धारा २०८१/८२ को बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागी ६९ करोड ७७ लाख ११ हजारको बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत गरेको छ । नगर सभाको १३ औँ अधिवेशनको तेस्रो बैठकमा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत गरेका छन् ।

आईतबार साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा पुणर् बहुमतले पारीत गरेको थियो । आईतबार बसेको नगरसभाको १३ औँ अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत गरेको थियो । नगरसभामा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत  गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको बताएका थिए ।  नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको थियो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उपप्रमुख कुँवरले पशुपक्षी तर्फ दुध मासु र अण्डामा आत्मनिर्भर गर्ने भनी लिएको नीति तथा लक्ष्य अनुसार यस नगरपालिकालाई पनि आत्मनिर्भर बनाउन पशुपालन व्यवसाय संचालन गर्न युवा जनशक्तिलाई प्रोत्साहन गरी युवा लक्षित कार्यक्रमलाई (भैसीपालन, बाख्रापालन, कुखुरापालन)मा जोड दिइने, विश्वकै सानो र दुर्लभ अछामी नौमुठे गाईको संरक्षण, सम्बर्धन, प्रबर्द्धन गरी उत्पादन र उत्पादकत्वमा विशेष जोड दिइने, पशु उपचार तथा पशु स्वास्थ शिविर सचालन गरिने सेवा संचालन गरिने बताएका थिए । पर्यटन,सस्कृति तथा साहित्य तर्फ नगरभित्रका लोकसंस्कृति, रितिरिवाज, रहनसहन परम्परा र पञ्चैबाजाको संरक्षण र सम्बर्धन गरिने, पहलमान सिँह स्वारको सम्झनामा साहित्य कार्यक्रम संचालन गरिने, बयालपाटा अस्पतालको लागि साँफेबगरमा भएका घटनाको स्मरण किताब प्रकाशन गरिने, पर्यटन संस्कृति तथा साहित्य मञ्च गठन गरिने, सुदूरपश्चिम प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेको खप्तडमा केवुलकार सेवा सञ्चालन गर्न उनीसैन देखि सहस्रलिंग सम्म केबुलकार सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न पहल गरिने उल्लेख गरीएको थियो  ।  

छाउगोठ व्यवस्थापन तथा घर फर्क अभियान सञ्चालन गरिने,पाठेघर खस्ने सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्ने,कुरिति,कुप्रथा र लैगिक विभेद विरुद्ध कार्यक्रम सचालन ,लागुपदार्थ दुव्र्यशनि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सचालन गरिने, सुरक्षित गर्भपतन सेवा र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिईने , मानव बेचबिखन तथा ओसार पसारमा परेका  पिडित लाई सुरक्षा तथा व्यवस्थापन नीति नगरपालिकाले लिएको बताईएको थियो । 

नगरसभाको १३ औँ अधिवेशनको तेस्रो बैठकका सभा अध्यक्ष राजेन्द्र बहादुर कुँवरले साँफेवगर नगरपालिकाका नगर उप प्रमुख शिव बहादुर कुँवरलाई विनियोजन विधेएक २०८१ प्रस्तुत गर्न समय दिएका थिए । पेश गरीएको विधेएक र बजेटमाथि छलफल गरी अनुमोदनका लागी असार २७ गते नगर सभाको चौथो बैठक बोलाईएको साँफेबगर नगरपालिकाले जनाएको छ । साँफेवगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको  कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद शर्मा, नगर कार्यपालीकाका सदस्य , १४ वटै वडाका वडा अध्यक्ष ,वडा सदस्य, पत्रकार लगाएतको सहभागीता थियो ।

प्रतिक्रिया