Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाका १४ वडाको राजश्व संकलन १७ लाख ६३ हजार ८ सय ३७ रुपैंयाँ

साँफेबगर नगरपालिकाका १४ वडाको राजश्व संकलन १७ लाख ६३ हजार ८ सय ३७ रुपैंयाँ

साँफेबगर नगपालिकाका वडाहरुले चालु आर्थिक वर्षमा १७ लाख ६३ हजार ८ सय ३७ रुपैंयाँ राजश्व संकलन गरेका छन् । नगरपालिकाका १४ वडाबाट उक्त राजश्व संकलन भएको हो ।

नगरपालिकाका १४ वडाहरु मध्ये सबै भन्दा बढी वडा नम्बर ४ मष्टामाण्डौले ४ लाख ९५ हजार ३ सय ३८ राजश्व संकलन गरेको छ । सबै भन्दा कम वडा नम्बर ११ देविस्थानले १२ हजार ८ सय २० संकलन गरेको छ । वडा नम्बर १२ खप्तडको भने राजश्व संकलन शुन्य रहेको छ । वडा नम्बर ३ सिद्धेश्वरले ४ लाख २५ हजार १५,वडा नम्बर १३ बाब्लाले १ लाख ९२ हजार ४ सय ७४,वडा नम्बर ८ चण्डिकाले १ लाख २१ हजार ३ सय २०, वडा नम्बर ५ नवाठानाले ९२ हजार २ सय ४०,वडा नम्बर १० घुघुरकोटले ९० हजार ५ सय ९५ रुपैंयाँ संकलन गरेका छन् ।

यसैगरी वडा नम्बर ९ बुढाकोटले ८५ हजार ९ सय ८३, वडा नम्बर २ जाल्पादेवीले ७५ हजार ९ सय ३०,वडा नम्बर ७ रिडिकोटले ५६ हजार ४ सय ५०,वडा नम्बर ६ भाग्यश्वरले ४७ हजार ७ सय ५०,वडा नम्बर १ बैजनाथले ४६ हजार ६ सय ८० र वडा नम्बर १४ पातलकोटले ४३ हजार ७ सय ४२ रुपैंयाँ संकलन गरेको छ । नगरपालिकाले जनसंख्या, क्षेत्रफल, पुर्वाधार विकास, राजश्व संकलनको अवस्था हेरेर वडालाई बजेट विनियोजन गर्दे आएको छ ।

प्रतिक्रिया