Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगर नगरपालिकामा मनाईयो धान दिवस

साँफेबगर नगरपालिकामा मनाईयो धान दिवस

२१ औँ धान दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले अछामको साँफेबगर नगरपालिकामा धान दिवस कार्यक्रम सम्पन्न गरीएको छ । साँफेबगर नगरपालिकाको कृषि शाखा द्धारा “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ २१ औँ धान दिबस २०८१ सम्पन्न गरीएको हो ।

धान दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा नं. १ कालिमाटिमा रोपाईं आयोजना गरि धान दिवस मनाइएको हो । धान दिवसको दिन गरीएको रोपाईं कार्यक्रममा  साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सरकारको कृषिमा लगानी धेरै भए पनि प्राय ठाउँमा जग्गा बाजो रहेकोले सरकारी अनुदान सहि ठाउँमा हुन नसकेको र सरकारी अनुदान सही ठाँउमा उपायोग हुनुपर्ने बताउनुभएको छ । नगर प्रमुख कुँवरले परमपरागत कृषि प्रणालीलाई यान्त्रिकरण गरेर अबको कृषी उत्पादन निर्बाहमुखी नभई ब्यबसायीक खेती तर्फ उन्मुख भए मात्रै साँफेबगर नगरपालिकालाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।

यस्तै कार्यक्रममा नगर उप प्रमुख शिव बहादुर कुँवर शिलोजले कृषिको पहिलो ठुलो उत्पादन धान रहेता पनी आबाश्यक्ता अनुसार आत्मनिर्भर हुन नसेकोले अब आधुनिक खेती तर्फ लाग्नु पर्ने बताउनुभएको छ । कृषि पेसामा व्यवसायिक तबरले अघि बढ्न सकिने भएकोले कृषकहरुसँग सहकार्य गर्न नगरपालिका तयार रहेको नगर उप प्रमुख कुँवरले बताउनुभएको छ । 

साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माले गुणस्तरीय बीउ छनौट गरेर उन्नत जात लगाउने बानी विकास गर्दा अझै कृषि क्षेत्रको उत्पादन बढाउन सकिने बताउनु भयो । नगरको हावापानी र भुगोलको उत्पादनको आधारमा उपयुक्त बिउँ छनौट गरेर खेति गर्दा हालको तथ्यांकमा ५० प्रतिशत उत्पादकत्व बढाउन सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा क्रममा  साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिकाका उप प्रमुख शिव बहादुर कुँवर, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मि प्रसाद शर्मा, साँफेबगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्द सिंह ठकुल्ला, साँफेबगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मक्कर बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवराज बुढासाँफेबगर नगरपालिका प्रशासन शाखा प्रमुख शंकर थापा, साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा, साँफेबगर नगरपालिका सामाजिक सुरक्षा शाखा प्रमुख देवसरा कुमारी थापा, साँफेबगर नगरपालिका कृषि शाखा प्रमुख हिरे सार्कि लगाएत कृषि तथा अन्य शाखाका कर्मचारीहरु र स्थानियबासिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया