Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको बजेट पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६९ करोड ७७ लाख ११ हजारको बजेट पूर्ण बहुमतले पारीत भएको  छ । नगरसभामा असार १० गते निति तथा कार्यक्रम र बजेट नगर उप्रमुख शिबबहादुर कुँवरले प्रस्तुत गरेका थिए ।  विहिवार सम्पन्न नगरसभाको १३ औं अधिवेशनको चौथो बैठकले बजेटसहित नीति, योजना तथा कार्यक्रम सुझाव सहित स्वीकृत भएको थियो।

आगामी आर्थिक वर्षका लागी नगरपालिकाले खर्च व्यहोर्ने स्रोतहरु मध्ये आन्तरिक राजश्वबाट एक करोड ५० लाख, नेपाल सरकारको वित्तीय समानिकरणबाट १० करोड ७० लाख, सशर्त अनुदान ४१ करोड ७१ लाख ७२ हजार,संघीय राजश्व बाँडफाँडबाट १२ करोड ३ लाख गरी संघबाट ६६ करोड ४४ लाख ७२ हजार बजेट रहेको छ । यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान ९७ लाख ६० हजार, सशर्त अनुदान एक करोड ५ लाख ५ हजार, विशेष अनुदान ६० लाख ,समपुरक अनुदान ९२ लाख र प्रदेश राजश्व बाँडफाँड २७ लाख ७४ हजार खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख कुँवरले बताए ।

आगामी आर्थिक वर्षका लागी नगरपालिकाको आर्थिक विकास तर्फ ६ लाख ५० हजार,सामाजिक विकास तर्फ ४ करोड ७२ लाख,सुशासन तथा सस्थागत विकास तर्फ ५६ लाख, वन वातावरण तथा विपद् जोखि न्युनिकरण र व्यवस्थापन ५२ लाख,पुर्वाधार विकास तथा सहरी विकास तर्फ २ करोड ३७ लाख,सजाल विकास तर्फ २५ लाख बजेट विनियोजन गरेको छ । समपुरक योजना लागत साझेदारी एक करोड ८४ लाख,चालु आर्थिक वर्षको दायित्व २ करोड , शिक्षा क्षेत्र विकास कार्यक्रम ४५ लाख,वयालपाटा अस्पताल सहयोग अनुदान ५० लाख रहेको छ । नगरपालिकाका १४ वडाको पुजीगत तर्फ २ करोड ४९ लाख ७ हजार र चालु तर्फ ८६ लाख बजेट रहेको छ । बजेट माथी नगरसभासदस्यहरु हिक्मत कडायतले बजेट विनियोजन गरेर मात्र नहुने भन्दै बजेट जुन शीर्षकमा छुट्याईएको त्यहि शीर्षककमा खर्च गर्न सुझाब दिएका छन् । उनले निमित्तको भरमा कहिलेसम्म नगरपालिका चलाउने भन्दै प्रश्न गरे । नगरसभा सदस्य अनिल रैगाईले दलित संजाललाई छुट्याईएको बजेट निकै कम भएको भन्दै पहँुच भन्दा आवश्यकताको आधारका बजेट विनियोजन गर्न आग्रह गरे । अर्को नगरसभा सदस्य बलबहादुर साउदले नेपाल कृषि प्रधान देश भएकाले कृषिको क्षेत्रमा बढी बजेट छुट्याउन आवश्यक रहेको भन्दै १२ लाख बजेट कृषिको क्षेत्रमा कम भएको बताए ।

नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको अधिवेशनमा निमित्त प्रमुख प्रशासकिय अधिकृत शंकर थापा, वडा अध्यक्षहरु,वडा सदस्यहरु र कर्मचारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया