ताजा अपडेट
मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भएकी छिन्।
उनले नक्कली प्रमाणपत्र पेश गरेर शिक्षकको जागिर खाएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सोडारीलाई दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध दायर गरेको मुद्दामा अदालतले बिहीबार यो निर्णय सुनाएको हो।
गीता कैलालीको धनगढी उप–महानरपालिकास्थित शिव निम्र माध्यामिक विद्यालय (हालको) देवरियामा शिक्षिका थिइन्। उनले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएकाे बताइएकाे छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई २०७९ असोज ७ गते विशेष अदालत काठमाडौंमा अख्तियारले मुद्दा दायर भएको थियो। नागरिक
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया