Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो

बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो

साँफेबगर नगरपालिका ४ पुलबजारमा बाढी पसेको छ । मंगलवारदेखि परिरहेको अविरल वर्षाका कारण बुढीगंगा नदिमा आएको बाढी बस्तीमा पसेको हो । पुलबजारका ५० भन्दा बढी घर बुढीगंगा नदिको जोखिममा छन् । विहान ७ बजेतिर बाढी बजारमा पसेको स्थानीय चेतन गन्र्धवले बताए । अहिले पानी रोकिएसंगै बस्तीमा पसेको बाढी कम हुदै गएको गन्र्धवले बताए । बर्षायाम सधै त्रासपुर्ण अवस्थाले बित्ने गरेको उनले बताए ।

छिपेखोलामा आएको बाढीले छेउछाउमा घरहरु जोखिममा रहेका छन् । जोखिम आकल नै नगरि मापदण्ड विपरित खोलाको छेउमा बनाईएका घरहरु वषौयाममा सधै कटानको जोखिममा पर्ने गरेका छन् । लगातारको बर्षा र बाढीका कारण स्थानीयहरु त्रसित बनेका छन् । बुढीगंगामा आएको बाढीले नदि आसपासका खेतियोग्य जमिन समेत कटान गर्न थालेको छ । निरन्तर परिरहेको वर्षाका कारण बुढीगंगा,छिपेखोला,प्रभाली खोलामा बाढी आएको छ ।

२०७८ कार्तिक महिनामा आएको बाढीले साँफेबगर नगरपालिका ४ मष्टामाण्डौको ७४ रोपनी र रिडिकोटमा २८ रोपनी खेतियोग्य जमिन बगाएको थियो । नदिको कटानका कारण साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौं घरहरु समेत जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको सर्भेअनुसार जिल्लाका दश पालिकाका ९१ वडा मध्ये ४१ वडाहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । साँफेबगर नगरपालिकाको ८ वटा वडा,मंगलसेन नगरपालिकाको ८,पञ्चदेवल बिनायक नगरपालिकाको ५,कमलबजार नगरपालिकाको ६,बान्नीगढी जयगढ गाउँपालिकाको २,तुर्माखाँद गाउँपालिकाको ६,ढकारी गाउँपालिकाको ६ वटा वडा गरी ४१ वडा बाढी पहिरो तथा कटानको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तंथाक अनुसार गत आर्थिक वर्षमा पहिरो परि जिल्लामा २५ जनाको मृत्यु भएको थियो भएको थियो १४ भन्दा बढी घाईते भएका थिए ।

प्रतिक्रिया