Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो

बुढीगंगा नदि नजिकैको पुलबजारमा बाढी पस्यो

साँफेबगर नगरपालिका ४ पुलबजारमा बाढी पसेको छ । मंगलवारदेखि परिरहेको अविरल वर्षाका कारण बुढीगंगा नदिमा आएको बाढी बस्तीमा पसेको हो । पुलबजारका ५० भन्दा बढी घर बुढीगंगा नदिको जोखिममा छन् । विहान ७ बजेतिर बाढी बजारमा पसेको स्थानीय चेतन गन्र्धवले बताए । अहिले पानी रोकिएसंगै बस्तीमा पसेको बाढी कम हुदै गएको गन्र्धवले बताए । बर्षायाम सधै त्रासपुर्ण अवस्थाले बित्ने गरेको उनले बताए ।

छिपेखोलामा आएको बाढीले छेउछाउमा घरहरु जोखिममा रहेका छन् । जोखिम आकल नै नगरि मापदण्ड विपरित खोलाको छेउमा बनाईएका घरहरु वषौयाममा सधै कटानको जोखिममा पर्ने गरेका छन् । लगातारको बर्षा र बाढीका कारण स्थानीयहरु त्रसित बनेका छन् । बुढीगंगामा आएको बाढीले नदि आसपासका खेतियोग्य जमिन समेत कटान गर्न थालेको छ । निरन्तर परिरहेको वर्षाका कारण बुढीगंगा,छिपेखोला,प्रभाली खोलामा बाढी आएको छ ।

२०७८ कार्तिक महिनामा आएको बाढीले साँफेबगर नगरपालिका ४ मष्टामाण्डौको ७४ रोपनी र रिडिकोटमा २८ रोपनी खेतियोग्य जमिन बगाएको थियो । नदिको कटानका कारण साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्ट लगायत सयौं घरहरु समेत जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको सर्भेअनुसार जिल्लाका दश पालिकाका ९१ वडा मध्ये ४१ वडाहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेको उल्लेख गरेको छ । साँफेबगर नगरपालिकाको ८ वटा वडा,मंगलसेन नगरपालिकाको ८,पञ्चदेवल बिनायक नगरपालिकाको ५,कमलबजार नगरपालिकाको ६,बान्नीगढी जयगढ गाउँपालिकाको २,तुर्माखाँद गाउँपालिकाको ६,ढकारी गाउँपालिकाको ६ वटा वडा गरी ४१ वडा बाढी पहिरो तथा कटानको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तंथाक अनुसार गत आर्थिक वर्षमा पहिरो परि जिल्लामा २५ जनाको मृत्यु भएको थियो भएको थियो १४ भन्दा बढी घाईते भएका थिए ।

प्रतिक्रिया