Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म

मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म

शेरबहादुर ऐर
धनगढी, साउन २१
सुदूरपश्चिम प्रदेशको दोस्रो पटक मुख्यमन्त्री बनेका कमलबहादुर शाह नेतृत्वको सरकारमा मेघराज खडका सामाजिक विकास मन्त्री नियूक्त भएका छन । उनलाई सोमबार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रीमा नियूक्त गरेका हुन ।

२०२२ असोज १० गते जन्मिएका खडकाले विद्यार्थी  कालबाटै राजनीतिक यात्रा सुरु गरेका थिए । खडकाले शिक्षण पेशा हुँदै विभिन्न संस्थाको जिम्मेवारी पनि सम्हालेका छन ।२०३९ मंसिर देखि २०४० कार्तिकसम्म करिव १ वर्ष उनी शिक्षण पेशामा संलग्न थिए ।

२०५४ साल देखि २०५९ साल सम्म अछामको जिल्ला विकास समिति (जिविस)सदस्य बनेका खडका (२०५८–२०७१) साल सम्म ग्रामिण परिर्वतनका लागि नविन समाज संस्थाको अध्यक्ष, विभिन्न धार्मिक तथा सामाजिक संस्थामा सल्लाहकार सदस्य, त्रिपुरासुन्दरी क्याम्पस व्यवस्थापन समितिको संस्थापक सदस्यको जिम्मेवारी सम्हालिसकेका छन ।

अछामको चौरपाटी –५ लुंग्रामा जन्मिएका खडकाले २०३६ सालको जनमत संग्रह पछि माध्यामिक तहमा पढदा वहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा संलग्नता, २०३७ मा नेविसंघको सदस्य, २०४१ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति, २०४२ फागुन पछि स्ववियु सभापति, निर्दलीय पञ्चायत विरुद्ध नेपाली काँग्रेसद्धारा संञ्चालीत २०४२ सालको सत्याग्रहमा ४ महिनाभन्दा बढी कारागारमा नजरबन्द व्यहोर्नु परेको थियो ।

२०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछाम प्रहरी हिरासतमा १६ दिन बिताए । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा कैलालीमा ४ पटक हिरासतमा, २०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता, २०४८ साल जि.का.स सदस्य, पार्टीको ९औ महाधिवेशन देखि १४ औ महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य २०५४ सालमा जि.वि.स.सदस्य २०६३ देखि २०६७ सम्म नेपाली कांग्रेस अछाम जिल्ला पार्टी सभापति १४औ महाधिवेशनमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री २०७९ मंसिर ४ को निर्वाचन अछाम –१ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया