Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

“युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का

“युवा देशको सबैभन्दा ठूलो शक्ति हो”, सामाजिक विकास मन्त्री खड्का

विश्व युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस प्रदेस यूवा समिती सुदूरपश्चिम प्रदेसले रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान कार्यक्रम उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेस सरकारका  सामाजिक विकास मन्त्री मेघराज खड्काले युवा देशको सबैभन्दा ठूलो शक्ति भएको बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै खड्काले युवाहरु भिजन र एक्सन सहित देश निर्माणका लागि जुट्नु पर्ने बताए । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेसमा महामन्त्री समेत रहेका मन्त्री खड्काले नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेस युवा समितिले नेपाल ट्रेड युनियन काँग्रेसले देशैभरी श्रमको सम्मान गरौ, श्रम शक्ति राष्ट्रको शक्ति हो भन्ने नारालाई सार्थक बनाएको बताए ।

कार्यक्रमा नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेस युवा समितिका अध्यक्ष हरी सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेसका सामाजिक विकास मन्त्री मेघराज खड्का, विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेसका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, सुदूरपश्चिम प्रदेसका सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंह रहेका थिए ।

त्यस्तै कार्यक्रमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेस सदस्य तथा श्रम विभाग प्रमुख श्री राम बहादुर देउवाले स्वागत, सुदूरपश्चिम प्रदेसका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले शुभकामना मन्तव्य र सुदूरपश्चिम प्रदेसका सामाजिक विकास मन्त्री मेघराज खड्काले मन्तव्य राखेका थिए भने नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेस युवा समितिका सचिव डबल बमले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ