Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा ४ बुँदे माग पेश गरेका छन् । अछाम बाजुरा रुटमा संचालनमा रहेका बस व्यवसायी गठबन्धनका संयोजक विक्रम स्वाँरको संयोजकत्वका बसेको बैठकले अछाम बाजुरा रुटका बस व्यवसायी समितीलाई चार बुँदे माग पेश गर्ने निणर्य गरी आफ्ना माग सहितको पत्र अछाम र बाजुरामा चलिरहेका ६ वटा यातायात व्यवसायी प्रा.लि.का समितीहरुलाई हस्तान्तरण गरेको हो । 

पेश गरीएका पत्रमामा अनावश्यक रुपमा चलिरहेका निजी सवारी साधनलाई रोक लगाउने । ई.भि. गाडीको हकमा गाडीको क्षमता र परमिट अनुसार दिवा तथा रात्री को समय निर्धारण गर्नु पर्ने । दशैं र तिहारको समयमा काटिने अग्रिम टिकटको बढि भाडा डेढ प्रतिशत बढाउनु पर्ने र बिना परमिटको गाडिलाई रोक लगाउने लगाएतका मागहरु पेश गरीएको छ ।  

बिहिबार धनगढिमा बसेको बस व्यवसायी हरुको भेलाले गरेका चार बुँदे निणर्यहरु अछाम र बाजुरा चल्ने गाडीका यातायात प्रा.लिका समितीहरुलाई बुझाउने निणर्य गरेको थियो । प्रा.लिका समितीहरुलाई आफूहरुले बुझाएको निणर्यलाई यथासिग्र रुपका कार्यान्वयनका लागि हदै सम्मको प्रयास गर्नुपर्ने समेत बस व्यवसायी गठबन्धनका संयोजक विक्रम स्वाँरले बताए । 

साना सवारी साधनका कारण आफूहरु मारमा परेको, सबै भन्दा बढी कर तिरे पनि आफूहरु अनायमा परेको बस व्यवसायीको भनाइ रहेको छ । उनले रातो नम्बर प्लेटका गाडिहरुले भाडा उठाउँदै यात्रु बोक्ने काम गरिरहेकाले गर्दा आफूहरु मारमा परिरहेको बताए । 

उनका अनुसार दशैँको अग्रीम भाडादरले गर्दा आफूहरुको खर्च समेत उठाउन नसकिरहेकाले भाडा दरमा वृद्धि गर्नपर्ने माग छ । त्यसैले उनले चान्स र थप गाडी पठाउनु परेमा भाडादर वृद्धि गर्नुपर्ने उनले बताए । विद्युतीय सवारी साधनको मापदण्ड अनुसार सवारी साधन चलाउनुपर्ने उनले बताए । उनले प्रा.लिहरुलाई आफूहरुले भोगिरहेको समस्याका विषयमा ध्यान आर्कषण गर्दा समेत सुनुवाइ हुन नसकिरहेको बताए । आफूहरुले उठाएका मागहरु लाई प्रा.लिहरुले सम्बोधन नगरे आन्दोलन समेत गर्ने बाध्य हुने उनले बताए । व्यवसायीको माग पुरा नभएमा आ-आफनो कार्यालयको अगाडी गाडी खडा गरि आन्दोलन समेत गर्ने सम्पुर्ण  बस व्यवसायीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया