Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा चार बुँदे माग पेश

अछाम बाजुरा रुटका संयुक्त बस व्यवसायी द्धारा ४ बुँदे माग पेश गरेका छन् । अछाम बाजुरा रुटमा संचालनमा रहेका बस व्यवसायी गठबन्धनका संयोजक विक्रम स्वाँरको संयोजकत्वका बसेको बैठकले अछाम बाजुरा रुटका बस व्यवसायी समितीलाई चार बुँदे माग पेश गर्ने निणर्य गरी आफ्ना माग सहितको पत्र अछाम र बाजुरामा चलिरहेका ६ वटा यातायात व्यवसायी प्रा.लि.का समितीहरुलाई हस्तान्तरण गरेको हो । 

पेश गरीएका पत्रमामा अनावश्यक रुपमा चलिरहेका निजी सवारी साधनलाई रोक लगाउने । ई.भि. गाडीको हकमा गाडीको क्षमता र परमिट अनुसार दिवा तथा रात्री को समय निर्धारण गर्नु पर्ने । दशैं र तिहारको समयमा काटिने अग्रिम टिकटको बढि भाडा डेढ प्रतिशत बढाउनु पर्ने र बिना परमिटको गाडिलाई रोक लगाउने लगाएतका मागहरु पेश गरीएको छ ।  

बिहिबार धनगढिमा बसेको बस व्यवसायी हरुको भेलाले गरेका चार बुँदे निणर्यहरु अछाम र बाजुरा चल्ने गाडीका यातायात प्रा.लिका समितीहरुलाई बुझाउने निणर्य गरेको थियो । प्रा.लिका समितीहरुलाई आफूहरुले बुझाएको निणर्यलाई यथासिग्र रुपका कार्यान्वयनका लागि हदै सम्मको प्रयास गर्नुपर्ने समेत बस व्यवसायी गठबन्धनका संयोजक विक्रम स्वाँरले बताए । 

साना सवारी साधनका कारण आफूहरु मारमा परेको, सबै भन्दा बढी कर तिरे पनि आफूहरु अनायमा परेको बस व्यवसायीको भनाइ रहेको छ । उनले रातो नम्बर प्लेटका गाडिहरुले भाडा उठाउँदै यात्रु बोक्ने काम गरिरहेकाले गर्दा आफूहरु मारमा परिरहेको बताए । 

उनका अनुसार दशैँको अग्रीम भाडादरले गर्दा आफूहरुको खर्च समेत उठाउन नसकिरहेकाले भाडा दरमा वृद्धि गर्नपर्ने माग छ । त्यसैले उनले चान्स र थप गाडी पठाउनु परेमा भाडादर वृद्धि गर्नुपर्ने उनले बताए । विद्युतीय सवारी साधनको मापदण्ड अनुसार सवारी साधन चलाउनुपर्ने उनले बताए । उनले प्रा.लिहरुलाई आफूहरुले भोगिरहेको समस्याका विषयमा ध्यान आर्कषण गर्दा समेत सुनुवाइ हुन नसकिरहेको बताए । आफूहरुले उठाएका मागहरु लाई प्रा.लिहरुले सम्बोधन नगरे आन्दोलन समेत गर्ने बाध्य हुने उनले बताए । व्यवसायीको माग पुरा नभएमा आ-आफनो कार्यालयको अगाडी गाडी खडा गरि आन्दोलन समेत गर्ने सम्पुर्ण  बस व्यवसायीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया