ताजा अपडेट
एएमसी कपको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसलाई
धनगढीमा सम्पन्न द्रोस्रो एएमसी कप प्रदेश अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पस श्रीकोटले जितेको छ।
सोमबार भएको फाईनल खेलमा त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बझाङलाई सोझो (३-०) सेटमा पराजित गर्दै स्वतन्त्र विधार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसले आयोजना गरेको प्रदेश स्तरीय अन्तर क्याम्पस खुला भलिबल प्रतियोगिताको उपाधि त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटले जितेको स्वबियु सभापति कमल कुँवरले जानकारी दिए। खेलमा लागेका खेलाडीहरुलाई अझ खेल प्रती लाग्न अछामबाट धनगढी भलिबल टिम लगिएको र सोही अनुरुप खेलाडीहरुले मेहनतका साथ खेल्दा उपाधि जित्न सफल भएको स्वबियु सभापति कुँवरले बताए । आगामी दिनमा खेल र खेलाडीका लागी सदैव स्वबियु लागिरहेने र धनगढीमा भलिबल टिम ल्याउन सहयोग गर्ने सबैमा उनले धन्यवाद दिए। उपाधि जितेको त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटले १ लाख ११ हजार पुरस्कार प्राप्त गरेको छ भने दोस्रो भएको त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बझाङले६५ हजारमा नगर पुरस्कार प्राप्त गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया